0 COMMENTS

समाजकाे अावाज, काठमाडौं, १ भाद्र / नेपाल टेलिकमले अाज मंगलबारदेखि लागू हुने गरी जिएसएम प्रिपेड मोवाइल फोनमा डाटा प्याकेज सेवा सार्वजनिक गरेको छ । टेलिकमले ३ खण्डमा बर्गिकरण गर्दै डाटा प्याकेज योजना सार्वजनिक गरेको हो । ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरि डाटा प्याकेजलाई ३ खण्डमा वर्गिकरण गरिएको हो ।

Nepal-Telecomeब्रोञ्ज प्याक एक महिनाका लागि दुईसय एमबी डाटा १ सय ३० रुपैयाँ पर्ने टेलिकमले जनाएको छ। त्यस्तै ५ सय एमबी डाटा तीनसय रुपैयाँमा पाइने समेत उसले जनाएको छ ।

सिल्भर प्याक अन्र्तगत एक जिबी डाटा ५ सय रुपैयाँमा महिनाभरि चलाउन सकिने र तीन जिबी डाटा १ हजार २ सय ९० रुपैयाँमा दुई महिना चलाउन सकिने टेलिकमले जनाएको छ ।

टेलिकमको गोल्ड प्याक अन्र्तरगत पाँच जिबीको डाटा १८ सय रुपैयाँमा तीन महिना चलाउन सकिन्छ । साथै १० जिबी डाटा २८ सय रुपैयाँमा ६ महिना चलाउन सकिने नेपाल टेलिकमले जानकारी दिएको छ ।

यो सुविधा लिनका लागि चाहिएको डाटा प्याक उल्लेख गरी १४१५ मा एसएमस पठाउनु पर्ने टेलिकमले जनाएको छ । प्रयोग गरेको डाटा प्याक थाहा पाउन भिएल टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्ने छ । साथै टेलिकमले २७ पैसा भन्दा कममा एक एमबी डाटा चलाउन सकिने समेत जनाकारी दिएको छ। सम्पूर्ण शुल्कमा १३ प्रतिशत भ्याट लाग्ने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।