0 COMMENTS

३२ साउन, काठमाडौ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, जनजाति तथा विजयकुमार गच्छदारबाहेकका मधेसी दलले गरेको नेपाल बन्दको दोस्रो दिन आज दिउँसो १ बजेपछि बन्द खुल्ने भएको छ ।

IMG_0010पहिलो दिनको तुलनामा बन्दको कम प्रभाव परेको आजको बन्द दिउँसो १ बजेपछि फिर्ता लिने भएका हुन्।
प्रहरीले आन्दोलनकारीहरुलाई सडकमा उत्रिनै नदिएर पक्राउ गरेपछि दोस्रो दिनको बन्दको प्रभाव कम परेको छ । बन्दको प्रभाव कम परेपछि सोमवार दिउँसो १ बजेदेखि बन्द फिर्ता लिने आन्दोलनरत दलहरुले तयारी गरेको माओवादीका एक नेताले बताए ।

राजधानीमा प्रदर्शनको तयारी
काठमाडौ, भक्तपुर र ललितपुरका आन्दोलनरत दलका कार्यकर्ताहरुलाई काठमाडौको रत्नपार्कका केन्द्रित गरी प्रदर्शनको तयारीसमेत गरिएको माओवादीले जनाएको छ । माओवादीसहित आन्दोलनरत दलका शीर्ष नेताहरुको नेतृत्वमा प्रदर्शन गर्ने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।