0 COMMENTS

काठमाडौं, २८ साउन- सरकारले लोडसेडिङको समय घटाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । सरकारले वर्षातको समयमा पनि लोडसेडिङको समय नघटेको भन्दै प्राधिकरणलाई त्यसमा पुनरावलोकन गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र जिम्मेवार पदाधिकारीलाई बोलाएर बर्षातको समयमा समेत लोडसेडिङको समय नघटेको सम्बन्धमा छलफल गरी यस्तो निर्देशन दिएका हुन् । सचिव सुवेदीले निर्माणाधिन जलविद्युत केन्द्रहरु पूर्ण क्षमतामा सञ्चालन गर्न एवं भारतबाट आयात गर्न भनिएको थप विद्युत आयात गरी लोडसेडिङको समयमा पुनरावलोकन गर्न निर्देशन दिएका हुन् । उनले निर्माणाधिन प्रसारणलाइन र विद्युत उत्पादन केन्द्रहरुको निर्माण कार्य छिटो सम्पन्न गर्ने गरी काम गर्न समेत निर्देशन दिएका छन् ।

यस्तै सचिव सुवेदीले वजार अनुगमनका क्षेत्रमा कार्यरत सवै निकायहरुलाई बोलाएर ठूला डिपार्टमेन्टनल स्टोिर र अन्य पसलमा विक्रि वितरणका लागि राखिएका खाद्य तथा गैर खाद्य वस्तुरहरुको गुणस्तिर एंव नापतौल वारे आकस्मिकि चेकजाँच गर्न निर्देशन दिएक छन् । साथै राजधानी लगायतका शहरी क्षेत्रमा वितरित सिलबन्दी तथा ट्याङ्करबाट वितरण गर्ने खानेपानीको गुणस्त र एंव स्वसच्छ ता वारे परीक्षण गर्न‚ बजारमा विक्री वितरण गर्ने मासुको परिक्षण गरी गुणस्त्रहिन मासु विक्रिवितरण गर्ने उपर कडा कारवाही गर्न र नजिकिदैं गरेको चाडपर्वमा कृतिम अभाव सृजना गर्ने र कालोबजारी गर्ने व्यक्ति तथा संस्थालाई कानूनी कारवाही गर्न समेत सचिव सुवेदीले निर्देशन दिएका छन् ।

छलफलमा वाणिज्यक तथा आपूर्ति व्यावस्थाापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्र ण विभाग र गुणस्तथर तथा नापतौल विभागका पदाधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।