0 COMMENTS

गत आवमा रु एक खर्ब ६० अर्ब नौ करोड सङ्कलन गरी आन्तरिक राजस्व विभागले तोकिएको लक्ष्यको तुलनामा १०२ प्रतिशत प्रगति गरेको छ ।

Captureविभागले रु एक खर्ब ५७ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको तुलनामा १०२ प्रतिशतले वृद्धि भई गत वर्षको सङ्कलनभन्दा १४ प्रतिशत बढी राजस्व सङ्कलन भएको महानिर्देशक चूडामणि शर्माले जनाकारी दिए ।

सो अवधिमा कुल राजस्व र कुल गार्हस्थ उत्पादनको अनुपात १९ दशमलव ९ प्रतिशत पुगेको छ भने कर राजस्व र कुल गार्हस्थ उत्पादनको अनुपात १७ दशमलव ६४ प्रतिशत पुगेको छ । उनले ती परिसूचकलाई विभागको रणनीतिक योजनाले तय गरेको लक्ष्यबमोजिम पूरा गर्न अग्रसर रहने पनि बताए।

गत आवमा एक लाख ८१ हजार ३२८ करदाता करमा दर्ता भई कुल करदाता १२ लाख ९२ हजार ३४५ पुगेकामा व्यावसायिक स्थायी लेखा नं लिने सात लाख ६५ हजार ६०५, व्यक्तिगत स्थायी लेखा नं लिने पाँच लाख २६ हजार ७४० र मूल्य अभिवृद्धि करमा दर्ता हुने एक लाख ५३ हजार ८५० पुगेको छ ।

हालसम्म मलेसिया, सिङ्गापुर र बङ्गलादेशलगायत दश मुलुकसँग दोहोरो कर मुक्तिको सम्झौता भइसकेको र अन्य मुलुकसँग पनि दोहोरो कर मुक्तिका लागि अध्ययन भइसकेको जनाइएको छ ।

गत आवको अन्तसम्ममा आय करतर्फ ४० प्रतिशत र मूल्य अभिवृद्धि करतर्फ २५ प्रतिशत करदाताले विवरण नबुझाएकामा एक हजार ६४६ करदाताको बैंक खाता रोक्का र घरजग्गा रोक्का गरी कारबाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।