0 COMMENTS

काठमाडौ, २८ साउन । नेपालको नयाँ संविधान १५ भदौमा आउने भएको छ । संवाद समितिले पेश गरेको ६ प्रदेशसहितको नयाँ संविधानकोsambidhan-nirman मस्यौदालाई संविधानसभाले आज पारित गरेको छ । पारित मस्यौदालाई ५ दिनभित्र जनताका सुझाव समेटेर संविधानसभामा पेश गर्ने मस्यौदा समितिलाई निर्देशन गरिएको छ ।
कृष्णप्रसाद सिटौला संयोजक रहेको मस्यौदा समितिलाई साउन मसान्तसम्मको समय संविधानसभाले दिएको छ । जनताका सुझाव समेटेपछि बिद्ययककारुपमा समितिले संविधानसभामा पेश गर्नेछ । छोटो समय पाएपछि मस्यौदा समितिले आजै देखि काम थालेको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले १५ भदौसम्म संविधान जारिका लागि तयार हुन शिर्ष नेताका नेताहरुलाई आग्रह समेत गरिसकेका छन् । संविधानमा छुटेका केही बिषयलाई पछि पनि समावेश गर्न सकिने गरी १५ भदौमा संविधान जारी गर्ने तयारी दलहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।