0 COMMENTS

काठमाडौँ, २७ साउन । भूकम्पका कारण जनजीवन सामान्य नहुँदा उत्पादित फूलको ४० प्रतिशतमात्र खपत हुने गरेको छ ।

marygoldप्रत्यक्ष रुपमा फूल व्यवसायमा प्रभाव नपरे पनि विदेशी पर्यटको आगमनमा कमी र जनजीवन सामान्य नहुँदा होटल व्यवसायीले सहज रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न नसक्दा ६० प्रतिशत फूल खपतमा कमी आएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिनुभयो ।

अध्यक्ष गैरेका अनुसार केही वर्षयता नेपालले २० प्रतिशत फूलमात्र बाहिरी देशबाट ल्याउने गरेको थियो भने ४०० प्रजातिका ८० प्रतिशत फूल नेपालमा नै उत्पादन हुँदै आएको छ । मुख्यगरी नेपालका चितवन, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, कास्की र उपत्यकाका तीनवटै जिल्लामा फूलको व्यावसायिक रुपमा खेती हुने गरेको छ ।

हाल नेपालमा वार्षिक रुपमा रु एक अर्ब २५ करोडको फूलको कारोबार हुने गरेको भए पनि यस वर्ष वैशाखमा गएको भूकम्पले गर्दा फूलको बजार राम्रो हुन सकेको छैन । भूकम्पले गर्दा हालसम्म पनि जनजीवन सामान्य नभएकाले चाडपर्व नजिकिँदै आउँदासमेत फूल अत्यन्त कममात्र प्रयोग भएको एसोसिएसनले जनाएको छ ।

दसै तिहारसम्ममा पनि जनजीवन सामान्य नहुने हो भने यस वर्ष बाहिरी देशबाट आयात गरिने फूलको २० प्रतिशतले कमी आउने गैरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।