0 COMMENTS

प्रस्ताव सुवेदी,

चितवन, साउन २७–कृषकका लागि भनेर अनुदानमा दिईएको मल व्यावसायीले विक्री वितरण गर्ने गरेको पाईएको छ ।

222548711761जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला कृषि विकास कार्यालय चितवन, जिल्ला सहकारी र साल्ट्रेडिङ्ले हिजाे २६ गते संयुक्त रुपमा गरेको अनुगमनका क्रममा यस्तो पाईएको हो । सहकारी मार्फत कृषकको हातमा पुग्नु पर्ने मल आज व्यावसायीले विक्री गर्दै गरेको पाईएपछि आज नारायणगढमा एक पसललाई सिज गर्नुका साथै पसल संञ्चालकलाई नियन्त्रणमा लिईएको छ ।

भरतपुर उपमहानगरपालिकाको वडा नम्वर–४ मा रहेको कमल ईन्टरप्राईजेजलाई सिल गरिएको छ भने सो पसलका संञ्चालक रामप्रसाद अधिकारीलाई नियन्त्रणमा लिईएको छ । ठूलो परिणाममा अबैध रुपमा मल विक्री गरेको पाईएपछि पसल सिल गरिनुका साथै अधिकारीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रशासनकार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

ईन्टरप्राईजेजले मल बिक्रीको लागि ईजाजत पत्र र बिउ विषधी विक्री गर्ने लाईसेन्स समेत नलिई कारोबार गर्दै आएको अनुगमनका क्रममा फेला परेको छ । ईन्टरप्राईजेजबाट यूरिया र डिएपि मल २३ कुुन्टल मल बरामद गरेको छ । साल्ट ट्रेडिङबाट विक्रि वितरण गरिने यूरिया मल र कृषि सामाग्री कम्पनीबाट विक्री वितरण गरिने डिएपि मल ईन्टरप्राईजेजले अबैध रुपमा विक्री वितरण गर्दै आईरहेको पाईएको छ । सहकारीबाट विक्री वितरण गरिने मल अबैध रुपमा यसरी विक्रि वितरण गर्नेलाई कालो बजारी ऐन अन्र्तगत कारवाही गरिने जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

यसभन्दा अघि जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगरको ओपि कृषि सामाग्रि केन्द्र, खोलेसीमलको साईराम भेट फर्मा र भण्डाराको कुसल कृषि सामाग्रीले पनि अवैध मल विक्री गरेकोमा कारवाहि प्रकृया अगाडि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।