0 COMMENTS

तीनपटक राष्ट्रिय पञ्चायतको अध्यक्ष र दुईपटक मन्त्री बनेका वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको ८६ बर्षको उमेरमा निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गर्दा गर्दै सोमबार विहान देवकोटाको निधन भएको हो ।

Rajeshwor-Debkotaउनी पछिल्लो समय निमोनियाबाट पीडित थिए । उनको पार्थिव शरिरलाई विहान ११ बजे प्रज्ञाभवन कमलादीमा श्रद्धाञ्जलीका लागि राख्ने र पशुपतिस्थित आर्यघाटमा लगेर अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

गोर्खामा जन्मिएका देवकोटा तीनपटक राष्ट्रिय पञ्चायतको अध्यक्ष बनेका थिए । उनी २०१९ सालमा शिक्षा मन्त्री र २०२२ सालमा भूमिसुधार सहायक मन्त्री समेत बनेका थिए ।

२००७ को जयतु सँस्कृतम् आन्दोलनको उनी एक योद्धा समेत हुन् । वीपी कोइरालासँगै कांग्रेसको संस्थापक सदस्य बनेका उनी पछि विपिसँग मत नमिलेपछि पार्टी परित्याग गरेर पञ्चायतको समर्थनमा लागेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि मत नमिलेपछि देवकोटा डेढ-दुई बर्षदेखि निष्कृय बसेका थिए । उनी नेपालका बरिष्ठ साहित्यकारको रुपमा पनि चिनिन्छन् । उनले मदन पुरस्कार र साझा पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कार समेत पाएका छन् । ‘विश्वास’ नामक उपन्यास उनको पछिल्लो कीर्ति हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।