0 COMMENTS

RajendraKshetri_काठमाडौँ, २२ साउन ।सरकारले नेपाली सेनाका बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बिहान सिंहदरबारमा बसेको बैठकले यही साउन २६ गतेदेखि श्री क्षेत्रीलाई कामु प्रधानसेनापति भई कार्य सञ्चालन गर्नेगरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

बहालवाला प्रधानसेनापतिले आफ्नो पदावधि समाप्त हुनु एक महिना अगाडिदेखि घरबिदामा बस्ने सेनाको परम्पराअनुसार प्रधानसेनापति गौरवशम्शेर जबरा यही साउन २६ गतेदेखि बिदामा बस्दै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।