0 COMMENTS

काठमाण्डौं,साउन २०- सभामुख सुवास नेम्वाङले दलित सभासद सहित दलित अधिकारकर्मीमाथि प्रहरीले गरेको दमनको विषयमा बुधबारको संसद बैठकलाई जानकारी दिन उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमलाईलाई निर्देशन दिएका छन् ।

Bam-Dev-Gautam_20140407091049व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सत्तारुढ र विपक्षि दलका सांसदहरुले शान्तिपूर्ण प्रदर्शनका क्रममा ‘बिजुलीबजारमा दलित अधिकारकर्मी र सांसदहरुमाथि दमन भएको’ भन्दै सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन् । सभासदहरुले गृहमन्त्रीले माफी माग्नुपर्ने र लाठी प्रहारमा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका मागराखेका छन् ।
संविधानमा आफ्ना अधिकार सुनिश्चित गर्न माग गर्दे प्रर्दशनमा उत्रिएका दलित सभासद तथा अधिकारकर्मीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।