0 COMMENTS

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य आइतबार राति १२ बजेपछि लागु हुने गरी मूल्य घटाउने निर्णय गरेको छ ।
nepal_oil_corporationनिगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा साढे दुई रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा पनि ३५ रुपैयाँ घटाएको जनाएको छ ।
यस्तै हवाई इन्धनमा (आन्तरिकतर्फ) प्रतिलिटर १५ रुपैयाँ घटाएको जनाएको छ ।
मूल्य घटे सँगै अब पेट्रोल १ सय ६ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८४ रुपैयाँ र खाना पकाउने ग्यासको मूल्य १ हजार ४ सय ३५ रुपैयाँ कायम हुने निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का बताएका छन् ।
अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले पनि मुल्य घटाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।