0 COMMENTS

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्ने प्रस्ताव गरेका छन् ।

amresh-kumar-ssingशनिबार बालुवाटारमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्ने प्रस्ताव सभापतिले नै गरेका थीए ।

अमरेशको गतिविधि पार्टी नीति विपरित भइरहेको छ, कारबाही गर्नु पर्‍यो,’ कोइरालाले बैठकमा भनेका थिए । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार संसदीय दल र कार्यसमितिको संयुक्त बैठकपछि बसेको केन्द्रीय समितिको बैठकमा कोइरालाले अमरेशलाई कारबाही गर्ने प्रस्ताव गरेका थिए । 

कोइरालाको प्रस्तावमा सबै केन्द्रीय सदस्यले सहमति जनाएका थिए । ‘केन्द्रिय सदस्यहरुले पार्टीको अनुशासन समिति वा संसदीय दलबाट उनलाई प्रष्टिकरण सोधेर कारबाही अगाडि बढाउनु पर्ने बताए,’ ती केन्द्रीय सदस्यले भने । उनका अनुसार अमरेशलाई प्रष्टिकरण सोधिने पक्का छ । ‘त्यो अनुशासन समितिले पनि सोध्न सक्छ, संसदीय दलले पनि सोध्न सक्छ,’ उनले भने ।

कांग्रेस बैठकले १३ औं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रस्तावअनुसार भदौ १७ गते गाउँ नगर अधिवेशन हुनेछ भने भदौ २२ गते क्षेत्रीय अधिवेशन हुनेछ । जिल्ला अधिवेशन भदौ २५ मा र केन्द्रीय महाधिवेशन असोज २, ३ ४ र ५ गते काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।