0 COMMENTS

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य चार वर्ष यताकै कम मूल्यमा कारोबार भएको छ । बुधबार सुनको मूल्य तोलाको ४९ हजार पाँच सय रुपैयामा किनबेच भयो । यो यसअघिको मूल्यमा एक हजार ५४९ रुपैयाँले कमि हो ।

11037559_783548691720907_5889640774607252138_nयसअघि २०६८ साउन २३ गते सुन ४७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसयता सुनको भाउ ४८ हजार रुपैयाँ झरेको थिएन् ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेका कारण नेपालमा पनि कम मूल्यमा कारोवार भएको हो । यता चालु आर्थिक वर्ष देखि सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार दरमा एक हजार रुपैयाँले घटाएका कारण पनि सुनको मूल्यमा कमि आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरन्त शाक्यले हल्कारोलाई जानकारी दिए । उनका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य पाँच वर्षयताकै सबैभन्दा कम मूल्यमा झरेको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटमा साउनदेखि लागू हुने गरी सुनको आयात भन्सार दर प्रति १० ग्राम ४२ सयमा झारेको छ । सोही दर ५२ सय रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।