0 COMMENTS

बुटवल, साउन ११ – अर्थमन्त्री डा. रामशरण महतले नेपाल कुनै हालतमा हिन्दु राष्ट्र नहुने बताउनुभएको छ । बुटवलमा सोमबार कांग्रेसको नगरस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राज्यको कुनै धर्म नहुने भएकाले हिन्दु राष्ट्र हुन नसक्ने बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका डा. महतले नेपाली कांग्रेसको ४ तारा मध्ये १ तारा धार्मिक स्वतन्त्रता भएको दाबी समेत गर्नुभयो ।नेपाली कांग्रेसले नै आर्थिक क्रान्तिको सुरुवात गरेकाले यसको नेतृत्व पनि कांग्रेसले नै गर्ने उहाँले बताउनुभयो । महतले नेपाली कांग्रेसको महाधिवेसन निर्धारित समयमै हुने दाबी समेत गर्नुभयोे ।
यसअघि सोमबार नै आन्तरिक राजस्व कार्यालय बुटवलको नवनिर्मित भवनको उद्घाटन गर्दै अर्थमन्त्री डा.महतले नीजि पुँजीलाई परिचालन गर्न सकिएन भने मुलुकको विकास सम्भव नहुने भएकाले सरकारले बजेटमा नीजि क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो ।
संविधानको प्रारम्भिक मस्यौदाले नीजि क्षेत्रलाई प्रवद्र्धन नगर्ने बताउँदै उहाँले नीजि पुँजीको व्यापक परिचालनका लागि प्रारम्भिक मस्यौदामा सुधार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।