0 COMMENTS

  काठमाडौं, साउनIMG_0010 ८ – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्द सकिएको छ । बन्द अहिले बेलुकी ५ बाट सकिएको नेकपा मोआवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संविधान निर्माण र भारत र चीनविचको ब्यापार सम्झौतामा नेपाली भूमी लिपुलेकको उल्लेख गरिएको विरोधमा गरिएको बन्दका क्रममा झण्डै २ दर्जन गाडीमा तोडफोड र ५ वटा गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

बन्दकर्ताले विभिन्न ९ जिल्लाका १७ ठाउँमा गाडी तोडफोड र आगजनी गरेका हुन् । काठमाडौं र ललितपुरमा ८ वटा गाडीमा तोडफोड र एउटा ट्याक्सीमा आगजनी भएको छ । बन्दकर्ताले काठमाडौंको सोह्रखुट्टेमा बा १ ज २३०१ नम्बरको ट्याक्सीमा आगो लगाएका छन् । यस्तै धादिङको नलाङ र सुंगुरे खोला तथा बाँकेको नेपालगन्ज र खासकुस्मा गाडी जलाइएको प्रहरीले जनाएको छ ।

काठमाडौंको बालाजु, कमलादी, नेपालटार, बसुन्धरा र बौद्ध, ललितपुरको पुल्चोक र प्रयाक पोखरी, चितवनको भरतपुर नगरपालिका ११, काभ्रेको मुम्लुटार, कञ्चनपुरको भिमदत्त, रुपन्देहीको खैरहानीमा तोडफोड भएको छ ।  प्रहरीले बन्द गराउने तथा गाडी तोडफोड र आगजनीमा संलग्न १ सय ७३ जनालाई पक्रेको छ । सबैभन्दा धेरै काठमाडौंमा ६९ जना पक्राउ परेका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।