0 COMMENTS

काठमाडौँ, ८ साउन । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गृह मन्त्रालयको नयाँ भवनको आज शिलान्यास गर्नुभयो ।
सिंहदरबारभित्र रहेको अहिलेको गृह मन्त्रालयको नजिकै निर्माण गर्न लागिएको सो भवनको शिलान्यास गर्नुभएको हो । नौ सय मिटर स्क्वायर क्षेत्रफलमा निर्माण गर्न लागिएको सो भवनका लागि करिब रु २० करोड लाग्ने अनुमान गरिएको छ ।

home-ministryतीन वर्षभित्रमा पाँचतले भूकम्प प्रतिरोधात्मक अत्याधुनिक भवन निर्माण गरिसक्ने लक्ष्य रहेको सिंहदरबार सचिवालय पुनः निर्माण समितिका इन्जिनियर सरोज कायस्थले जानकारी दिनुभयो । नयाँ भवन निर्माण गरिसकेपछि पुरानो सानो भवनलाई भत्काएर सोही ठाउँमा फेरि अर्को अत्याधुनिक भवन निर्माण गरिने इन्जिनियर कायस्थको भनाइ छ ।
गृह मन्त्रालयका सहसचिव विनोद केसीले गृह मन्त्रालयको नयाँ भवन बनाउने योजना विगत तीन वर्षदेखिको हो भन्नुभयो । सिंहदरबारभित्र राष्ट्रिय सतर्कता केन्द्र र परिचयपत्र व्यवस्थापन केन्द्रको समेत भवन निर्माण गर्ने तयारी भइरहेको इन्जिनियर कायस्थले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।