0 COMMENTS
अवैधानिक माध्यमबाट अमेरिका पुर्याईएकाे नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो ।
वाशिङ्गटन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा पुर्याईएकाे ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन (सिविपी)ले बरामद गरेको हो । उक्त सामग्री गत मे महिनाको ११ तारिखमा वाशिङ्गटन डिसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो ।
दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल गरेकामा अमेरिकी सरकारी निकायप्रति हार्दिक आभार प्रकट गरेको छ । सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका पुर्याईएकाे ४७ सामग्री नेपाल फिर्ता पठाएकाे छ । कतार एयरवेजको कार्गोको सहयोगमा नेपाल ल्याउन   गिएका ती सामग्री शनिबार काठमाडौँ  आउने  दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।