0 COMMENTS

सशस्त्र युद्धकालमा सशक्त भूमिका खेलेका अाधा  दर्जन प्रभावशाली नेताहरुले पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।   अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी एक महिनाभित्र पाँच केन्द्रीय नेताहरुले राजीनामा बुझाएका छन् ।

hello-netaपार्टी नेता र हाल लिइएको कार्यनिति प्रति असन्तुष्टी जनाउँदै नेताहरुले राजीनामा दिएपनि अध्यक्ष दाहालले भने हालसम्म कुनैपनि नेताको राजीनामा स्वीकृत गरेका छैनन् । राजीनामा दिएका नेताहरुले पार्टी परित्याग गरेको अनौपचारिक घोषणा गर्दै पार्टी बैठक र कार्यक्रमहरु बहिष्कार गर्दै आएका छन् ।

पार्टीमा राजीनामा बुझाए लगतै ती नेताहरुले आफ्नै ब्यवसाय संञ्चालन गर्न थालेका छन् । राजीनामा दिनेमा स्थायी समिति देखि जिल्ला तहसम्म छन् । तर केन्द्रीय स्तरका मात्र आधा दर्जन भन्दा बढिले राजीनामा दिइसकेका छन् । केन्द्रीय नेताहरुले पार्टीको कार्यशैली, बिधि र पद्धतिप्रति असहमति जनाउँदै अध्यक्ष दाहाललाई राजीनामा बुझाएका छन् ।

राजीनामा बुझाउनेमा स्थायी समिति तथा पूर्वमन्त्री लोकेन्द्र बिष्ट, स्थायी समिति सदस्य गोपाल किराँती,  पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री लेखराज भट्ट, पोलिटब्यूरो सदस्य हेमन्तप्रकाश ओली, ध्रव पराजुलीले राजीनामा दिएका छन् । त्यसैगरी अमिक शेरचन, निनु चापागाई, घनश्याम शर्मा लगायतका नेताहरु लामो समयदेखि असन्तुष्ट भइ पार्टीको कार्यक्रममा अनुपस्थित हुँदै आएको ।राजधानी दैनिकमा समाचार छ   

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।