0 COMMENTS

काठमाडौं, साउन अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७१र७२ को अन्तिममा साढे सात अर्ब रुपैयाँ रकमान्तर गरेको भैपरी आउने साधारण विकास बजेट शीर्षकबाट रकमान्तर गरिएको हो  

 

8233_Finance-Ministy-of-Nepalएउटा शीर्षकमा छुट्याइएको रकम अर्को कार्यक्रममा सार्नु बजेट रकमान्तर हो गत आर्थिक वर्षको अन्तिम असारमा सात अर्ब ५२ करोड ६१ लाख ७२ हजार रुपैयाँ रकमान्तर गरिएको अघिल्लो आव ०७०र७१ मा करिब साढे तीन अर्ब रुपैयाँको बजेट रकमान्तर भएको थियो  

 

हरेक आर्थिक वर्षको अन्तिममा यसरी नै ठूलो रकम रकमान्तर हुने गरेको सुरुका महिनामा रकम खर्च नगर्ने, तर आर्थिक वर्षको अन्त्यमा बजेट सक्न रकमान्तर गरेर खर्च गर्ने प्रवृत्ति बढ्दै गएको बजेट सक्न हतारमा गरेको कामसमेत गुणस्तरहीन हुँदै आएको विभिन्न मन्त्रालयले सुरुमै रकम मागे पनि बजेट बढी खर्च गरेको देखाउन अर्थ मन्त्रालयले आवको अन्तिममा मात्र रकम निकासा दिने गरेको 

 

अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट विकास आयोजनाका लागि भन्दा पनि साधारण खर्चका लागि बढी रकमान्तर गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष, संविधानको प्रारम्भिक मस्यौदा छाप्न तथा सुझाब संकलन गर्न, गाडी किन्न रकमान्तर गरिएको कर्मचारीलाई प्रोत्साहनभत्ता वितरण, कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति, प्रहरीलाई तलबभत्ता खुवाउन पनि रकमान्तर गरिएको  

 

यसैगरी, मध्यपहाडी लोकमार्ग, सिक्टा सिँचाइ आयोजना, उपत्यका सडक विस्तार कार्यक्रम, बेपत्ता छानबिन आयोग तथा सत्य निरुपण आयोगलगायतका लागि पनि रकमान्तर गरिएको नयाँ पत्रिकामा समाचार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।