0 COMMENTS

संविधानको मस्यौदामा सुझाव संकलनका लागिसिरहा क्षेत्र नं. ५ मिर्चैयास्थित मोहन उच्च माविमा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल  दाहल लाइ कार्यक्रम स्थलभित्रै मधेसी मोर्चा, माओवादी वैद्य र मातृका यादव नेतृत्वको पार्टीका कार्यकर्ताहरुले ढुंगामुडा गरेका छन् ।

ढुंगा प्रहार हुनेबितिकै प्रदशनकारी र प्रहरीबीच भएको झडपमा कयौं घाईते भएका छन् । झडपमा प्रदर्शनकारी र प्रहरी तर्फ घाइते भएकाको संख्या एकिन हुन नसकेको मिर्चैया प्रहरीले जनाएको छ ।

मस्यौदा च्यातेर ढुंगा प्रहार हुन थालेपछि दुई बजेदेखि कार्यक्रमस्थल तनावग्रस्त बनेको थियो । आन्दोलनकारीले कार्यक्रमस्थलमा नाराबाजी गरिरहेकै बेला सिरहा क्षेत्र नं. ५ का निर्वाचित सभासद दाहाल पुगेपछि ढुंगा प्रहार गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ सेल अश्रुग्यास प्रहार गरेको थियो । सशस्त्र प्रहरीले दुई सेल र नेपाल प्रहरीबाट १३ सेल अश्रुग्यास प्रहार गरिएको मिर्चैया प्रहरीले जनायो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।