0 COMMENTS

४ साउन, बारा । बारामा नयाँ संविधानको मस्यौदामा नागरिकको सुझाव लिने कार्यक्रम शुरु नहुँदै स्थगित भएको छ । मधेस केन्द्रीत दलको विरोधका कारण ठाउँ ठाउँ मा झडप भएपछि जनमत संकलन कार्यक्रम स्थगित भएको हो ।

 आन्दोलनकारीहरुले संविधानको मस्यौदा कार्यक्रम स्थलमै जलाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दै बरियारपुरमा अश्रुग्यास प्रहार गरेको छ ।कुनै पनि राष्ट्रका नागरिक त्यो राष्ट्रको मालिक हो र मालिकको भावनाको बिरोधमा कुनै पनि राष्ट्र चल्न सक्दैन्’ कलैयामा आयोजित सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभासद फरमुल्लाह मंसुरले भने-‘त्यसैले यहाँको नागरिकको भावनाको कदर गर्दै संविधानको मस्यौदामा सुझाव लिने यो कार्यक्रम यही स्थगित गर्दछु ।’

 

बाराको क्षेत्र नं. १ को कार्यक्रम कोतवालीमा, क्षेत्र नं. २ को कार्यक्रम महागढीमाई नगरपालिकाको बरियारपुरमा र क्षेत्र नं. ३ को कार्यक्रम कलैयाको सिदेश्वर खेलमैदानमा आयोजना गरिएको थियो । संघिय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी सहितका नेता कार्यक्रर्ताले बिरोध गर्दै कार्यक्रम बिथोलेका छन ।

सभासद मंसुरले कलैयामा बोल्नुभन्दा अघि नै आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताले आक्रामक शैलीमा प्रस्तुत भएपछि झडप भएको थियो । झडपमा परी समाजवादी फोरमका जिल्ला अध्यक्ष रामबाबु यादव सहित गोपाल ठाकुर, महन्थ साह, लगायत घाइते भएका छन् ।

बारा क्षेत्र नं. १ को कोतवालीमा आयोजित कार्यक्रममा सदभावना पार्टीका नेता जियालाल ठाकुरले आफ्नो बिचार राख्दै संविधानको मस्यौदा च्यातेपछि झडप भएको थियो ।

आफ्नो बिचार राख्दै तमलोपाका जिल्ला अध्यक्ष नवलकिशोर सिंहले संविधानको मस्यौदा च्यातेपछि झडप भएको छ । झडपमा सिंहसहित धर्मविर यादव, मदन सिंह, अरुण सिंह, मिश्रीलाल सहनी लगायतका घाइते भएका छन् ।

आन्दोलन लाइ नीयन्त्रण लीनका लागी तीन राउण्ड अश्रुग्यास प्रहार भएको प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले   बताए ।

घाईते सबैको कलैया अस्पतालका साथै स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।