0 COMMENTS

काठमाडौँ, ६ भदौ । नयाँ संविधानमा सङ्घीयताको सीमाङ्कनको पछिल्लो प्रस्तावमा देखिएका असन्तुष्टिबारे मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।4party_20150531041457

गत शुक्रबार संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिको बैठकमा छ प्रदेशबाट सात प्रदेशमा जाने तीन दलको सहमति भएपछि असन्तुष्ट भई अध्यक्ष गच्छदार समितिबाट बाहिरिनुभएको थियो ।

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

फोरम लोकतान्त्रिकका तर्फबाट भने गच्छदारमात्र सहभागी हुनुहुन्छ ।

संविधानको अन्तिम मस्यौदासहितको विधेयकलाई मस्यौदा समितिले आज साँझ बस्ने संविधानसभाको बैठकमा टेबुल गर्दैछ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।