0 COMMENTS

पाल्पा, ६ भदौ – गाईभैँसीमा कृत्रिम गर्भाधाis (1)न गराउने कृषकको सङ्ख्या बढ्दो छ । जिल्लाका १६ स्थानबाट दिइएको सेवाबाट गाई र भैंसीमा कृत्रिम गर्भाधान गर्ने कृषकको सङ्ख्या बढेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

जिल्लामा आव २०४२/०४३ सालदेखि पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । आव २०७०/०७१ को तथ्याङ्कअनुसार भैंसी एक हजार ४३, गाई एक हजार चार सय ८३ र बाख्रा एक सय २६ छ भने ०७१/०७२ मा भैँसी एक हजार एक सय ७४, गाई एक हजार छ सय ४२ र बाख्रा २४ वटामा कृत्रिम गर्भाधान सेवा दिइएको जिल्ला पशु सेवा कार्यालयका पशुचिकित्सक डा उत्तम आचार्यले बताए । कृत्रिम गर्भाधान गराइएका गाईभैँसीको दूधको उत्पादन पनि बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।