0 COMMENTS

काठमाडौं, ५ भदौ । नेपाललाई हिन्दु राष्ट्र बनाउन देसैभरी आन्दोलन उठेपनि संविधान मस्यौदा समितिले भने त्यसकाे प्रवाहनै नगरी धर्म निरपेक्षता नै राखी संविधनसभामा मस्यौदाकाे रूपमा पठाएको छ । शिर्ष नेताहरुबीच धर्मको ठाउँमा खाली राख्ने, धार्मिक स्वतन्त्रता राख्ने जस्ता बिषयमा अनौपचारिक छलफल भएपनि धर्मनिरपेक्षाता नै राखी समितिले मस्यौदा पठाएको हाे ।

4party_20150531041457प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष सुवास नेम्वाडले धर्मनिरपेक्षता संविधानमा अनुपयुक्त शब्द भएको सार्वजनिक अभिब्यक्ति दिएपनि सच्याउन सकेनन् । धर्मनिरपेक्षता शब्द नै राखी मस्यौदा समितिले हीजाे शुक्रबार संविधानसभामा मस्यौदा पठाएको छ । सीमांकनसहितको सात प्रदेशमा दलहरुले सहमति जुटाएपनि धर्म निरपेक्षता र थ्रेस होल्डमा भने दलहरु एक मत हुन सकेनन् । दलहरुमा सहमति नजुटेपछि जस्ताको तस्तै मस्यौदा सबिधानसभामा पठाइएको छ ।
धर्म र थ्रेस होल्डका बिषयमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले संविधानसभामा संशोधन प्रस्ताव राख्ने बताएका छन् । उनीहरुले जनताको सुझावलाई संवोधन गर्न संशोधन प्रस्ताव गर्ने जनाएका छन् । संधोधन प्रस्तावमा संविधानसभाको दुई तिहाई मतले पारित गर्नु पर्नु हुन्छ ।
सत्तारुढ दल कांग्रेस र एमालेले खसेको मतको पाँच प्रतिसत ल्याउने दललाई संसदमा मान्यता दिने तर्क गरेपनि एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले दुई प्रतिसत राख्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।