0 COMMENTS

Bijay-Gachhadar1४ भदौ,काठमाडौँ – फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ८ प्रदेश नबनाए मुलुकमा आगो बल्ने चेतावनी सहित विमतिका राखेपनी प्रमुख तीन दलले सात प्रदेशमा सहमति गरेका छन्।

विशेष समितिका संयोजक बाबुराम भट्टराईले पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिएका हुन्। उनका अनुसार परिमार्जित सिमाङ्कनमा पहिले कै बमोजिम १ र २ नम्बरका प्रदेश रहने भए पनि राजधानीसहितको ३ नम्बरको प्रदेशमा पर्साको ठोरी गाविसलाई राखिएको छ। त्यसैगरी प्रदेश ६ लाई दुई भागमा बाँडिएको छ। यस अनुसार कर्णाली नदीको पूर्व एक प्रदेश र पश्चिममा अर्को प्रदेश हुनेछ। यसमा एमाओवादीका तर्फबाट पुष्पकमल दाहाल प्रचण्डले फरक मत राखेका छन्। उनले नवलपरासीदेखि कञ्चनपुरसम्म थारु बाहुल्य क्षेत्रमा एकै प्रदेश हुनुपर्ने मत राखेका थिए। धर्म निरपेक्षता र थ्रेसहोल्डको विषयमा केही सहमति हुन नसकेको भट्टराईले बताए।
 
 
यसलाई संशोधन प्रस्ताव राखी मतदानबाट टुङ्ग्याइने भएको छ। तीन दलको सहमति मस्यौदा समितिमा पठाएपछि मस्यौदा समितिले त्यही अनुसार संविधानको प्रारम्भिक मस्यौदाको विधेयक परिमार्जन गरी संविधान सभामा पेश गर्नेछ। मस्यौदा समितिलाई संविधानसभाले दिएको थप चार दिनको म्याद आजै सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।