0 COMMENTS

11923050_734566323339753_72065228_nजनताको नेपाल प्रहरी
२००७ साल पश्चात देशको कुनाकुना सम्म हरेक नेपालिहरुको पहुँचमा पुग्न सफल एकमात्र राज्यसंयन्त्र नेपाल प्रहरी नै हो भन्दा गलत नहोला।जसले जनताको सुखदुख र समस्याहरुलाई नजिकबाट बुझेको छ।जनताले पनि आफुलाई दुख पर्दा, अन्याय पर्दा बिस्वास गर्न सक्ने भरपर्दो संस्था नेपाल प्रहरी नै हो।

 इतिहासको विभिन्न कालखण्डमा प्रहरी प्रती जनताको भरोसा बेला बेला नटुटेको भने होइन तर समय समयमा रमेस खरेल, सर्बेन्द्र खनाल जस्ता इमान्दार प्रहरिहरुको आगमनले प्रहरी संगठनलाई जनताको भरपर्दो संरक्षक हो भन्ने विश्वास जिबितै राखेकोछ।भुकम्प पश्चात् नेपाल प्रहरिले जनताप्रती देखाएको सदभाव, चरी घटना, घैटे प्रकरणले पनि नेपाल प्रहरी मात्र यस्तो संगठन हो जसलाई नेपाली जनताले विस्वास गर्न सकिन्छ भन्ने धाराणा स्थापित भएको छ। यद्यपि हरेक प्रहरीले देश र जनताको हितमा समर्पण हुन्छौं भनी सपथ लिएको भए तापनी प्रहरी संगठनमा पनि बेला बेला राजनितिक प्रभावै नपरेको भने होइन।तसर्थ आम नेपाली जनता चाहन्छ कि हरेक प्रहरिहरु रमेस खरेल, सर्वेन्द्र खनालहरु भएर देश र जनताको संरक्षक बनी उभिन सकोस।

चरी, घैंटे र राजनितिक नेतृत्व
कुमार श्रेष्ठ उर्फ घैंटे र नेपाल प्रहरी बिच गोलि चल्यो घटनामा प्रहरिको गोलिबाट घैंटेको ज्यान गयो।तर एउटा नेपालिको हातबाट अर्को नेपालिको ज्यान जानू उचित त थिएन।यद्यपि चरी घैंटे लगायतका थुप्रै डनहरु हुन सक्छन, यथार्थमा उनिहरु पनि कसैका छोरा, कसैका पति, कसैका बाबू होलान पक्कै पनि उनका परिवारहरुमा अकल्पनिय घटनाले स्वभाविकरुपमा आघात त पर्‍यो नै यस्ता घटना र उनका परिवारलाई परेको चोटलाई अबका डनहरुले पनि ख्याल गर्नु पर्छ ।

एउटा मानव भएर अर्को मानवलाइ हानी पुर्‍याउदा कति चोट पर्दोरहेछ ?संसारमा कोहि पनि सदाबहार शक्तिसाली बनिरहन सम्भव छैन यो प्रकृतिको नियम हो।एकदिन उसले गरेको गल्तिको सँजाय भोग्नै पर्छ।यहाँ कोहि अमर छैन, कोहि सर्वदा सक्तिमा टिकिरहन सम्भव छैन।तर यो देशमा, यो समाजमा विभिन्न स्तर र हैसियतमा थुप्रै चरी घैंटेहरु छन,जो उनिहरु स्वयं शक्तिशाली श्रोत होइनन,उनिहरु केवल कसैले प्रयोग गर्न बनाइएको साधन मात्र हो।तसर्थ चरी, घैंटेहरु जस्ता सामाजिक त्रासादिहरुको जन्म श्रोत इमान्दारिसाथ भन्नु पर्दा देशका राजनितिक नेतृत्वहरु नै हुन।जसले आफ्नो स्वार्थ पूरा गर्न, समाजमा आफ्नो हुकुमत कायम राख्न अप्रत्यक्षरुपमा चरी घैंटेहरु जस्ता अपाराधिक पात्रहरु जन्माईरहन्छ र संरक्षण गरिरहन्छन।

निर्दोष जनताका छोराहरुलाई मद पिलाएको हात्ती जस्तो उनमत्त बनाईरहन्छन।कुनै दिन आफ्नो प्रतिकुल हुनसाथ चरी ,घैंटेलाई जस्तै अकाल मृत्यु भिडाई दिन्छन के छ र उसले पुन अनुकुल चरी घैंटेहरु जन्माईरहन्छ।आम जनतालाई प्रस्ट भएकै सत्य यहि हो कि दिनेस अधिकारी(चरी) र कुमार श्रेष्ठ(घैंटे) दुबै शक्तिसाली राजनितिक संरक्षणमा खुल्ला साँढे झैं डुक्रेकै हो र त्यस्ता राजनितिज्ञहरु आज पनि यिनका मृत्युलाई लाजै पचाएर प्रहरिले हत्या गर्‍यो भन्दै चिच्च्याएकै छन।

यश अर्थमा पनि चरी घैंटे(निर्दोष जनताका छोरा)हरु ऊ स्वयंमा अपाराधको श्रोत होइनन यो देशलाई बाउ कै बिर्ता ठान्नेहरुले आफू अनुकुल प्रयोग गर्न निर्माण गरिएको साधन मात्र हुन।यसकारण पनि नेपाल प्रहरि संगठनको न्यायको हात श्रोतको घाँटिसम्म्म पुग्न जरुरि छ।किनभने आफ्नो राजनितिक संरक्षकहरु शक्तिशाली भएकै बखतमा चरी घैंटे (जनताका छोराहरु)समान प्रकृतिको घटनामा मारिए।बाँकी जो चरी घैंटे प्रबृतिका निर्दोष नेपाली (साधन)हरु छन सायद उनिहरुलाई पनि यिनिहरुले यस्तै दुर्गतिमा पार्ने छैनन भन्न सकिन्न।

तसर्थ, राज्यको हरेक अंगले आफ्नो अधिकारलाई स्वतन्त्र रुपमा प्रयोग गर्न पाउनु पर्दछ।कुनै जनताका छोराले कसैको साधन बनेर चरी,घैंटेहरुको नियती भोग्न नपरोस।हरेक नागारिकले असल लोकतन्त्रमा नागरिक राज्यको प्रत्याभुती गर्न सकोस भन्ने जनताको चाहना अनुरुप देशमा शान्ती निकास र विकासको लागि असल बिचार र असल नेतृत्व जन्माउन नयाँ शक्ती नेपालको जन्म भएको आम देशभक्त नेपालिहरुलाई सहर्ष जानकारी पनि गराउदछौ। जय नयाशक्ती नेपाल!
कमलराज श्रेष्ठ
नेपाल संयोजक, नयाशक्ती नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।