0 COMMENTS

काठमाडौँ, ४ भदौ । स्वामी प्रपन्नचार्यको ९२ वर्षको उमेरमा आज बिहान साँढे ३ बजे बजे मृगस्थली आश्रममा निधन भयो । उहाँ लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । तत्कालीन राजपरिषद् स्थायी समितिका सदस्य उहाँले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गरेका थिए ।

‘वेदमा के छ ?’ नामक उहाँको कृति चर्चित छ । किरात जातिको इतिहासलगायत संस्कृतिसम्बन्धी धेरै कृति पनि प्रकाशित छन् । हालै नेपाल संस्कृत विश्वविद्यालयले उहाँलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो । साथै सरकारले उहाँको योगदानको कदर गर्दै उनलाई आजीवन मासिक ३० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो । उनको जन्म विसं १९८० मा पाँचथरमा भएको थियो । ३० वर्षको उमेरमा उनले लेखपद गर्न प्रारम्भ गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।