0 COMMENTS

20150820_102433(1)प्रकाश बस्याल ,नवलपरासी , भाद्र ३ -नवलपरासीको नवलपुर क्षेत्रका युवाहरु आज ११ औ दिन बन्दको विरोधमा उत्रिएका छन ।लामाे समय देखी बिभिन्न माग राख्दै गरेको बन्द का कारण लामो समयसम्म शैक्षिक संथा कल कारखाना ब्यपार ब्यवसाय ठप्प हुदा दैनिक जिवन यापन गर्न समस्या भएकाे ले  नवलपरासी, नवलपुर क्षेत्र का युवाहरुले आज बन्द को बिकलप खोजीनुपर्छ सधै बन्द गर्नाले समस्या आफुहरुलाईनै हुने भन्दै मोटरसाइकल र्याली निकाली सम्पुर्ण ब्यवसायि तथा उध्योगीहरुलाई आफ्नो दैनिकी सहज रुपमा गर्नका लागी अनुरोध गरेका थीए।

बिहान देखी बन्द रहेका नवलपुरका बिभिन्न पसल तथा शैक्षीक संथाहरू  युवाहरुको साथ पाएपछि पुनह सुचारु भएका छन्।बन्दले कसैको हित नगर्ने बरु जनधनको नोक्सान गर्ने , सर्वसाधरणले सास्ति मात्रै पाउने र अर्थतन्त्र समेत डामाडोल हुने भन्दै नेपालमा परम्परा जस्तै बनेको बन्द हडताललाई अब युवाहरुले नै निरुत्साहित गर्नुपर्ने भन्दै आफुहरु कुनै संघसंस्था र संगठनको नेतृत्वमा नभै स्वतह स्फुर्त रुपमा विरोधमा उत्रिएको युवाहरुले बताएका छन् ।

व्यवसायिहरुले पनी बन्दलाई समर्थन गर्दै बन्द गरेर बस्ने हो भने साझ विहानको छाक टार्न पनी मुस्किल पर्ने भन्दै अब  बन्दलाई समर्थन गर्नुहुदैन बन्दको विकल्प खोजिनुपर्छ भनी अहिले पसल खोलेका छन । व्यवसायिहरुले अब बन्दलाई निरुत्सायित गर्नुपर्ने भन्दै आम सर्वसाधरणलाई दुःख दिएर आफ्ना माग पुरा गर्न खोज्नु कहा को न्याय हो भन्दै आक्रोशित बनेका छन । अब बन्द गर्ने प्रबृत सधै बन्द गनुपर्ने ब्यापारी हरुले बताएका छन्। सो र्यालीमा करीब ५०० युवाहरुको सहभागीता रहेको थीयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।