0 COMMENTS

काठमाडौं,भदौ ३-मधेस केन्द्रित दलहरुको बुधबार बसेको बैठकले आन्दोलनका क्रममा मधेसमा कसैले ज्यान गुमाए सहिद घोषणा गरेर प्रादेशिकक सरकार बनेपछि पचास लाख क्षतिपूर्ति निर्णय गरेका छन ।मधेस केन्द्रित दलहरु संलग्न संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बुधबार बसेको बैठकले यस्तो विवादास्पद निर्णय गरेको हो।

मधेसमा आन्दोलन उचाल्न र जनतालाई भड्काउनका लागि पहिले नै ज्यानको मूल्य पचास लाख तोकेर सहिदको अपमान गर्न खोजेको भन्दै यो निर्णयको सबैतिरबाट आलोचना गरिएको छ। आन्दोलनमा उत्रन जनतालाई लोभ्याउने मनसायले मृतकका परिवारका एक सदस्यलाई रोजगारी र निशुल्क शिक्षा दिने हचुवापूर्ण निर्णय पनि उनीहरुले सार्वजनिक गरेका छन्।

मोर्चाका नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ, थरुहट र मधेशलगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रादेशिक सरकारले वहन गर्नेछ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ।’

विज्ञप्तीमा राजेन्द्र महतो, उपेनद्र यादव, महन्थ ठाकूर र रामनरेश यादवले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।