0 COMMENTS
कमलराज श्रेष्ठ

०६२/६३ मा जनआन्दोलन सफल भैरहदा आम नेपाली जनतामा एकप्रकारको हर्ष,उत्साह, उमंग थियो  अब देश कुनै जादुगरको छडी घुमाउँदा छुमन्तर भए झै हरेक जातजाती, वर्गहरुले चाहेको आवश्यक्ताहरु प्राप्त हुनेछ।नेपालिले सबैभन्दा बढी विश्वास र भरोसा जुनसुकै तरिकाले होस माओवादी(विशेष गरि प्रचण्ड र बाबुराम)लाई गरेका थिए, थियौं।

माओवादी क्रान्तिलाई उचाईमा पुर्‍याउन उहाहरुले हरेक जात, वर्ग, समुहलाई जे भन्दा आकर्षित हुन्छ त्यही हामी पूरा गर्छौं भन्दै उत्साहित पारेकै हो।साम्यवादको सिद्धान्त अनुसार जातको होइन वर्गको आवाज उठाउनु पर्थ्यो।तर यहाँ जातजातीलाई आफुतिर आकर्षित गर्न गलत नियतवश उक्साइयो।जब माओवादी शक्तिमा पुग्यो।आफुले रोपेको गलत वीजले नै माओवादीलाई अधोगती उन्मुख हुन बाध्य बनायो।

हुन त माओवादीका शिर्ष नेतृत्वहरुले शक्ति प्राप्त पश्चात्, जनताको अपरिहार्य मुद्धाहरु उत्थानमा भन्दा बढी आफ्नो आर्थिक हैसियत उत्थान गर्न मै अधिकतम समय खर्चे साे कुरालाइ आज उनिहरुको नव सम्भ्रान्तवादी शैलिले पनि स्पष्ट पार्दछ। यता०४६ साल पश्चात् राजा संग सम्झौता गरि बहुदल ब्यबस्ताकाे नाम दिई पन्चायती बिधिलाई निरन्तरता दिदै आएका ने.काँ , ए.मा.ले,रा.प्र.पा हरुबाट जनताले देशकाे उन्नती र सम्बृद्धिको खासै आशा गरेका त होइनन यद्यपि पटक पटक शक्तिमा हालिमुली गर्न पठाउन सायद बाध्यता थियो या दुर्भाग्य, हुन सक्छ जनताले ठूलो आशा र भरोसा गरेको ठूलो संघर्ष पश्चात् स्थापित भएको माओवादीको बोली एकातिर व्यवहार अर्कैतिर भएकै कारणले पनि जनतालार्इ  नहुनु मामा भन्दा कानो मामानै बेस भन्ने उखानलाई चरितार्थ गर्दै पुरानै इतरहरुलाई भरोसा गर्न बाध्य भएकै हो।

 देशमा राजा ज्ञानेन्द्रलाई विस्थापित गर्दै गणतान्त्रीक लोकतन्त्र स्थापना त भयो।गणतन्त्रले एकात्मकवादी राजा ज्ञानेन्द्रको सासनलाई त हटायो तर गणतन्त्र भित्र बहुल राजाहरुको उदय भयो। एकल राजाको राजकिय खर्च भन्दा बहुल राजाहरुको राजकिय खर्च अनेपेक्षित गुणा बढी भई देश र जनतामा अनावश्यक आर्थिक भार थपिन थाल्यो। संविधान बनाउनको निमित्त संविधान सभाको निर्वाचन हुन त प्रकृयागत नै थियो;संविधान सभा, संविधान सभा नभई जम्बो ६०१ कार्यकर्ताहरुलाई जागिर दिने थलोको रुपमा संस्थागत गर्दै आज आठ बर्षको स्थितिमा आईपुग्दा देश उठ्नै नसक्ने गरि आर्थिक, वैचारिक,सामाजिक, व्यवहारिकरुपले अपाङ्ग बनिसकेको सत्यलाई हरेक सचेत नागरिकले बुझेकै छ।

विकास र सम्बृद्धिको लागि असल लोकतन्त्रमा संघियतालाई नाजायज भन्न नमिले तापनी जातीय पहिचानको आधरमा प्रदेसको मुद्धा उठाउनु ,०६३को जन आन्दोलनमा नउठेको मुद्धा धर्मलाई राजनितीमा आकर्षित गराउनु विलकुल देशमा गृहयुद्ध गराउने गलत नियतवश कसैद्वारा संचालित दुस्साहस नै हो भन्ने सत्यलाई आज देशभरी नै भैरहेको अस्वभाविक फरक फरक मागको बिद्रोह नै पर्याप्त प्रमाण हो भन्दा गलत नहोला।

अब के जनता यसरी नै देश छिया छिया भएर तहस नहस भएको टुलुटुलु हेरेर बस्लान त?

भारतखण्ड आर्यवर्त क्षेत्रको हिमवतखण्डमा छरपस्ट छरिएका स-साना राज्यहरुलाई बटुल बाटुल गर्दै सिङ्गो नेपाल नाम दिन सक्षम पृथ्वी नारायण शाहलाई गाली गर्दै पुन: यो अखण्ड सार्वभौम सम्पन्न नेपाललाई कतै बिलय गराउन त खोजिएको होइन?

विश्व इतिहासमा नेपालिहरु वीर गोर्खाली भनी प्रसिद्ध छौं, उत्तर र दक्षिणमा स्थित भिमकाय शक्तिशाली दुई मुलुकलाई समदुरिमा राखी हामी सानै भएपनी नेपाल देश भनी पहिचान स्थापित गराउन सक्षम वीर नेपालिका सन्तान हौं।भलै आज केही आत्म समर्पणवादी गलत तत्वहरुले सदियौंदेखी वज्र समान मिलेर बसेको धार्मिक,साँस्कृतिक, सामाजिक संरचनालाई खल्बल्याउने,विभाजित गर्ने प्रयत्न जरुर भएको छ।नेपालिहरुको मनस्थितिलाई कहिं न कतै सम्मोहित गरेकै छ। तर जसले जहाबाट यो विखण्डनवादी गलत अस्त्र प्रयोग गरेको भए तापनि अब देशभक्त नेपालिहरुमा तिम्रो सम्मोहनको प्रभाव हट्न शुरु भैसकेकोछ।त्यसकारण पनि संसार भर छरिएर बसेका सचेत नेपालिहरुले स्वदेसमा पर्खिबसेका देशभक्त नेपालिहरुको साथ देशमा असल लोकतन्त्रमा नागरिक राज्य स्थापनार्थ नयाँ शक्ती नेपाल जन्माईसकेका छौं।

नयाँ शक्ती कुनै पनि अतिवाद(धर्म,जात,पहिचान,प्रदेस)लाई प्रतिनिधित्व गर्दैन तर जनताले चाहन्छ भने जनमत संग्रहबाट नै जनतालाई चित्त बुझाई नेपाल र नेपालिको एकता अटल राख्न चाहन्छ।नेपाल बहुजाती,बहुभाषी,बहुधर्म,बहुसँस्कृतिको सुन्दर फुलवारी हो,तसर्थ नयाँ शक्तीले अतिवादको मुद्धा उठाएर कुनै पनि नेपालिलाई चोट पुर्‍याउन चाहदैन।हिमाल, पहाड, तराई, कोहि छैनौं पराई, त्यसैले अब नेपाल र नेपालिको अस्तित्व जोगाउनु नै छ भने हरेक सचेत देशभक्त नेपालिले नयाँ  शक्ती जन्माउनु पर्छ, नयाँ शक्ती नेपालको साझा मन्चमा गोलबद्ध हुने साहस गर्नु पर्छ।किनभने नयाँ शक्ती नेपाल देशमा शान्ति, निकास र विकास चाहन्छ।नेपाल र नेपालिको सम्बृद्धी र एकता चाहन्छ।त्यसकारण पनि प्रवासी देशभक्त नेपालिहरुबाट जन्मेको नयाँ शक्ती नेपालले पचहत्तरै जिल्लामा संगठन निर्माण गर्न सफल भैसकेकोछ। देश, जनता र असल लोकतन्त्रको लागि नयाँ शक्ती नेपाल जस्तोसुकै वलिदान दिन परे पनि तयार भैसकेकोछ।
र अन्तमा,नयाशक्ती नेपाल प्रवास तथा स्वदेशमा आँधिबेहरी भएर उर्लिदैछ,चट्टान भएर उभिदै छ,जनताको सुखदुखमा हातेमालो गर्न तयार हुदैछ।तापनी नयाँ शक्ती नेपाललाई आफ्नो समुहमा विलय गराउन धेरै शक्तिहरुले टाउको उठाउन थालेकाछन।नयाँ शक्तिलाई कमजोर बनाउन बिभाजन गर्न विभिन्न तरिकाले षडयन्त्र हुन शुरु भैसकेको छ।तसर्थ सम्पुर्ण देशभक्त युवाहरु! भ्रम र हल्लाको पछि नलागौं।देश र जनताको लागि हामिले जे सोचेर यो अभियान थालनी गरेका थियौं, सबै अभियन्ताहरु इमान्दारिता, विश्वास र लगनशीलताकासाथ लक्ष प्राप्तिको लागि एक ढीक्का बनौं। एकता नै लक्ष प्राप्तिको अचुक अस्त्र हो, तसर्थ हाम्रो एकता भंग गर्ने प्रयाश हुन सक्छ, प्रयाश गर्ने नै छन, सावधान! सावधान!! सावधान!!! जय नयाशक्ती नेपाल!
 कमलराज श्रेष्ठ
नेपाल संयोजक, नयाशक्ती नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।