0 COMMENTS

काठमाडौं । राष्ट्रपतिको प्रतिनिधिका रूपमा केन्द्र सरकारको सिफारिसमा सबै प्रदेशमा प्रदेश प्रमुख पठाउने व्यवस्था नयाँ संविधानले गर्दैछ ।11822359_945510778844632_5029525208260248248_n

यसरी नियुक्त भएका प्रमुख आफ्नो प्रदेशको कुन सहरमा गएर बस्ने उनको कार्यालय कहाँ हुने अहिलेसम्म टुंगो छैन । प्रदेशहरूको सीमांकन गरियो, नामांकन प्रदेश सभाबाट टुंगो लगाउने नयाँ संविधानको मस्यौदामा उल्लेख छ, तर राजधानी नै टुंगो नलागेकाले प्रदेश प्रमुखले प्रदेश सभाको पहिलो बैठक कुन सहरको कुन ठाउँमा डाक्ने अन्योल कायमै रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
सम्भावित ठाउँ

 सम्भावित ठाउँ

प्रदेश नम्बर : १
विराटनगर : कोसी अञ्चलको सदरमुकाम, पूर्वको ठूलो सहर, औद्योगिक नगरी
धनकुटा : पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम
धरान : पर्यटकीय क्षेत्र
इटहरी : व्यवस्थित सहर

प्रदेश नम्बर: २
जनकपुर : अञ्चल सदरमुकाम, पर्यटकीय क्षेत्र
बर्दिबास : प्रदेशको मध्य भागमा पर्ने नयाा सहर
वीरगन्ज : औद्योगिक सहर

प्रदेश नम्बर : ३
काठमाडौं : देशकै राजधानी
हेटौँडा : मध्यमाञ्चलको सदरमुकाम, अद्यौगिक नगरी
बनेपा : ऐतिहासिक सहर
चितवन : देशकै राजधानीको चर्चामा रहेको पर्यटकीय सहर

प्रदेश नम्बर : ४
पोखरा : पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम, पर्यटकीय सहर

प्रदेश नम्बर : ५
दाङ : राप्ती अञ्चलको सदरमुकाम, प्रदेशको मध्यभागमा पर्ने सहर
बुटवल : लुम्बिनी अञ्चलको सदरमुकाम, औद्योगिक सहर
नेपालगन्ज : भेरी अञ्चलको सदरमुकाम, औद्योगिक सहर

प्रदेश नम्बर : ६
जुम्ला : कर्णाली अञ्चलको सदरमुकाम
सुर्खेत : मध्यपश्चिमाञ्चल सदरमुकाम
धनगढी : सेती अञ्चल सदरमुकाम
दिपायल : सुदूरपश्चिमको सदरमुकाम
महेन्द्रनगर : महाकाली अञ्चलको सदरमुकाम – 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।