0 COMMENTS

काठमाडौं, भदौ २– देशलाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग गर्दै देशै भरी अान्दाेलन र प्रदर्शनकाे  क्रममा राप्रपा नेपाल समानान्तरका कपिलवस्तु जिल्ला कार्य समितिका सचिव रामप्रसाद सेवक पासी घाइते भएका छन् ।

934477c561a78ec30c0199b7b2af26981जनता र राष्ट्रको हित मध्यनजर राखेर जारी भर्इरहेकाे  आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर पासी घाइते भएको राप्रपा नेपाल समानान्तर पार्टीले जनाएको छ । खुट्टामा गोली लागी घाइते भएका उनको स्थानीय पृथ्वीबीर अस्पतालमा उपचार भइरहेको छ ।

साे घटनाकाे पार्टीले एक विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्दै जनताको पक्षमा आवाज बुलन्द गरिरहेकै बेला सरकारी दमन भएको भन्दै विरोध जनाएको छ ।

घाइते पासीको उपचारमा सरकार र स्थानीय प्रशासनले पूर्ण जिम्मेवारी बहन गर्नुपर्नेसमेत प्रवक्ता सगुन लावतीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।