0 COMMENTS

काठमाडौं, २ भदौBam-Dev-Gautam_20140407091049उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले यही भदौ १ गते सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास गरेपछि बाध्य भई आत्मरक्षाका लागि गोली चलाउँदा उपचारका क्रममा एकजनाको मृत्यु भएको स्पष्ट पारेका छन् ।

व्यवस्थापिका–संसद्को बुधबारको बैठकको प्रारम्भमा नवलपरासी र भारदहलगायत मुलुकका विभिन्न स्थानमा भएका आन्दोलन र त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट भएको प्रयासबारे जानकारी दिँदै उनले त्यस्तो प्रष्टीकरण दिएका हुन् ।

भारदहमा भेला भएका करिब सात सयजना आन्दोलनकारीलाई प्रहरीले बारम्बार शान्ति सुरक्षामा खलल हुन नदिन आग्रह गरेका तर उनीहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि बाध्य भई स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए ।

सुरक्षाकर्मीका सवारी साधन तोडफोड हुन थालेपछि सामान्य लाठी र अश्रुग्यास प्रहार गरी परिस्थिति काबुमा लिन हरसम्भव प्रयास गरिएको तर प्रहरीको हतियार नै खोस्ने दुष्प्रयास भएपछि गोली चलाउँदा घाइते भएका २४ वर्षीय राजीव राउतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए ।

आन्दोलनकारीको आक्रमणबाट पाँचजना सुरक्षाकर्मी पनि घाइते भएका जानकारी गृहमन्त्रीले दिए । स्थिति नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिएको र अहिले त्यहाँको सुरक्षा स्थिति सामान्य बन्दै गएको बताए । कपिलवस्तुस्थित एमाले कार्यालय र घरेलु उद्योग कार्यालयमा आगजनीको प्रयास भएको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।