0 COMMENTS

काठमाडौं, समाजकाे अावाज । नेपाली कांग्रेसको १३ औ महाधिबेशन पुनः सर्ने भएको छ । आगामी असोज पहिलो साता गर्ने भनिएको माहाधिबेशन संबिधान निर्माणका कारण दशै पछि सार्न लागिएको हो । यस अघि भदौ १७ गाउ र भदौ २२ मा क्षेत्रिय निर्वाचव गराउने तयारी रहेको थियो ।resize_image (1)

अहिलेको अवस्थामा संविधान निर्माणको काम रोकेर कांग्रेस महाधिवेशन गर्न समस्या भएको भन्दै महाधिबेसन सार्न लागिएको हो ।कांग्रेस निकट स्रोतका अनुसार पार्टीको महांधिबेसन भन्दा संबिधान प्रमुख बिषय भएकाले संबिधान जारी भएपछि मात्रै महाधिबेसन हुनेछ ।

यसैबिच कांग्रेस नेता तथा संचारमन्त्री डा मिनेन्द्र रीजालले पनि संबिधानका कारण माहाधिबेसन सर्ने बताएका छन ।प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा रिजालले नेपाली कांग्रेसको महाधिवेशन संबिधन जारी नभई नहुने बताए ।

उनले संविधान निर्माण र कांग्रेसको महाधिवेशन एकैपटक हुने सम्भावना नरहेको बताउँदै पार्टी महाधिवेशन भन्दा संविधान जारी गर्ने महत्वपुर्ण कार्यभएको बताए ।संविधान निर्माणको वहानामा संस्थापन पक्षले महाधिवेशन टार्न खोजेको आरोप प्रति असहमति जनाउँदै उनले परिस्थिति बुझिदिन आग्रह गरे ।

संस्थापन पक्षले महांधिबेसन मंसीर अगाडी गर्न चाहेको छ भने देउवा पक्षले फाल्गुनभित्रमा माहाधिबेन गर्नुपर्ने अडान राख्दै आएको नेताहरुले बताएका छन । महाधिबेसनको मितिका बिषयमा भने सभापति कोईराला र बरीष्ठ नेता देउवाबिच बिबाद देखीएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।