0 COMMENTS

उमेश सुवेदी काठमाडौं– वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले वैदेशिक रोजगार व्यवसायीले भाडाका गुण्डा प्रयोग गरेर आफूलाई कुट्न लगाएको आरोप लगाएका छन् ।

6145_Bharat-Raj-Subedi

सोमबार वैदेशिक रोजगार विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महानिर्देशक सुवेदीले आफूले कुटाई खाएको बारेमा फरक–फरक समाचार आएकाले आधिकारीक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए । आफु विभागमा आएपछि गरीव निमुखा जनताको पक्षमा काम गर्न थालेको, गल्ती गर्ने व्यवसायीहरूलाई कारवाही गर्न थालेको, अनुगमनलाई तिव्र बनाएको तथा मुद्धा मामिला फछर्यौट लगायतको व्यवस्था गर्दा आफु त्यस्ता व्यवसायी तथा भ्रष्ट कर्मचारीको तारो भएको उनले बताए ।
‘नक्कली कागजात बनाएर गरीव नेपाली जनतालाई विदेश पठाई विचल्ली बनाउने, बढी रकम उठाएर कामदारलाई ठग्ने तथा कामदारले उजुरी दिएपछि पछर्यौट गर्न अटेरी गर्ने अपराधिक प्रवृत्तिका म्यानपावर व्यवसायीहरूले ५० लाखमा भाडाका गुण्डा प्रयोग गरेर आफूलाई आक्रमण गरे । शुरुमा एमाले भातृसंगठन लाई ५० लाख दिएर आफूमाथी आक्रमण गर्न भनेको तर युथफोर्सले उक्त कुरा स्वीकार नगरेपछि भाँडाको गुण्डा लगाए ।’ सुवेदीले भने, ‘मलाई मारे नै भने त मेरो के लाग्यो र ? तर मैले बाचुन्जेल मानव तस्करीको विरोधमा र गरीव जनताको लागी काम गरिरहने छु, म आक्रमणबाट डराएर लुक्ने मानीस होईन, मैले पहिले देखि नै (रिस्क)मा काम गर्दै आएको छु र निरन्तर गरिरहन्छु ।’
सुवेदीले आफ्नो वारेमा विभिन्न थरिका प्रोपोगाण्डा फैलाईएको बताए । उनले वैदेशिक रोजगार विभाग आफ्नो रोजाई नभई फ्ँयाकिएर आउनुपरेको स्पष्ट पारे । उनले आफूलाई दुईवटा नागरिकता लिएको तथा भ्रष्टचारीको आरोप लगाएको गलत तथा वायस मानसिकता भएको बताए । उनले भने, ‘घुस खानु भनेको रगत खानु सरह हो, जसले मलाई घुस खाने भन्छन् तिनै मानीसले मलाई कुट्न लगाएका हुन् ।’ उनले नेपाली गरिब जनताको पक्षमा आफूले निरन्तर काम गरिरहने तर त्यसका लागी मर्नुपर्छ भने पनि मृत्युसँग नडराउने उनले जानकारी गराए । उनले थपे, ‘मर्नु त एक दिन छँदैछ, राज्य तथगा गरिबका लागी काम गर्दा मार्छन भने पनि खुशीसाथ मर्न तयार छु ।’
महानिर्देशक सुवेदीले आफू विभागमा आएको ६ महिना भएपनि जम्मा ३ महिना मात्र काम गरेको बताए । यो अवधिमा विभागले यसअघि कहिले गर्न नसकेको काम गरेको जानकारी गराए । उनले ०६१ सालदेखि थुप्रीएका उजुरीको काम बढाएको तथा त्यसलाई फछर्यौट गर्नु आफ्नो पहिलो काम भएको उनले बताए । त्यसपछि अहिले विभागप्रति जनताको आशा पलाएर उजुरीको संख्या बढ्नथालेको उनको भनाई छ । अहिले अभिमुखिकरण संस्थाहरूको संख्या पनि बढेको तथा तिनिहरूलाई पनि अनुगमन गर्न थालेको उनले बताए । करिब ८० भन्दा बढि त्यस्ता संस्था कारबाहीको दायरमा आएको उनको भनाई छ । त्यसै गरि गल्ति गर्ने म्यानपावर व्यवसायीलाई पनि अनुगमन गरि कारवाहीको दायरामा ल्याइने उनले बताए । म्यानपावरको अनुगमन गर्दा धेरै ठाउबाट आफूलाई दबाव आएको तर दबावले आफ्नो काम नरोकिने सुवेदीले जानकारी गराए ।
गत बुधबार घरबाट कार्यालय जादै गरेका महानिर्देशक सुवेदीविच बाटोमै अज्ञात समुहको आक्रमणमा परेका थिए ।
सुवेदीले व्यवसायीमाथि लगाएको आरोपको सन्दर्भमा नेपाल वैदेशिक रोजगार व्यवसायी सँघका अध्यक्ष विमल ढकालसँग आधिकारीक धारणा वुझ्न सम्पर्क गर्दा उनीसँग प्रभावको सम्पर्क हुन सकेन ।-साभार   र्इ प्रभाव

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।