0 COMMENTS

chumban जब हामी कसैसँग किस (चुम्बन) गर्छौं । तर, एक पटक किस गर्दा करिब ८ करोड ब्याक्टेरिया आदनप्रदान हुने गर्दछ । ती सबै ब्याक्टेरिया हानीकारक हुँदैनन् । यसका बाबजुद कोही व्यक्ति सायद आफ्नो पहिलो चुम्बन बिर्सिने गर्छन ।

रोमान्टिक जीवनमा चुम्बनको अहम् भूमिका पनि हुन्छ । पश्चिमी मुलुकमा एकअर्का प्रति चुम्बन गर्ने चलन धेरै हुन्छ । उनीहरु चुम्बवन गर्नु सामान्य व्यवहार मान्दछन् । तर, एक नयाँ अध्ययनका अनुसार मनुष्यमा चुम्बन गर्ने चलन सबै संस्कृतिमा छैन, आधा जतिमा चुम्बन गर्ने प्रचलन छ ।

विश्वका १ सय ६८ संस्कृतिप्रति गरिएको अध्ययनमा केवल ४६ प्रतिशत संस्कृति मान्ने व्यक्तिहरु रोमान्टिक क्षणमा आफ्ना साथीसँग चुम्वन गर्ने अध्ययनको दावी छ । यद्यपी आमाबुवाले आफ्ना सन्तानमा गरिने चुम्वन भने अध्ययनमा समावेश नगरिएको बताइएको छ ।

यस्तै अध्ययनका क्रममा आदिम समुदायका व्यक्तिमा चुम्बन गरेको केही सवुत फेला नपरेको बताइएको छ । ब्राजिलको मेहिनाकू जनजातीय समुदायमा चुम्बनलाई अशिष्टता मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।