अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

काठमाडौँ, ६ फागुन ०७४/ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको...

कांग्रेसको चेतावनी : निर्णय उल्ट्याए, सिस्टम बिग्रन्छ

काठमाडौँ ६फागुन०७४/ प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को...

प्रधानमन्त्री ओली आज ४ बजे बालुवाटार प्रवेश

काठमाडौँ ६फागुन०७४/ प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) सरकारी निवास बालुवाटार सर्ने भएका छन् । ‘प्रधानमन्त्रीज्यू आइतबार ४ बजेबाट सरकारी निवास बालुवाटार सर्ने समय तय भएको छ,’ ओलीका प्रेस संयोजक चेतन...

हेटौँडामा पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु

हेटौँडा, ६ फागुन ०७४/ हेटौँडा उपमहानगरपालिका वडा नं ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल...

विद्यार्थीलाई निःशुल्क साइकल वितरण, विद्यालय जान सहज

गाईघाट, उदयपुर, ६ फागुन ०७४/उदयपुर चौदण्डी नगरपालिका—२ बेल्टारका सामुदायिक विद्यालय तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क साइकल वितरण गरिएको छ । बेल्टारबाट टाढा–टाढा घण्टौँ लगाएर विद्यालय तथा क्याम्पस अध्ययन गर्न जान...

यो बर्ष २१४ मेगावाट बिजुली थपिदै

काठमाडौं ६फागुन०७४/ सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो बर्ष १४.२८ मेगावाट बिजुली थपिने भएको खबर आजको नागरिक दैनिकमा छ । निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणबाट निर्माण हुने...

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव हुने

नवलपरासी, ६ फागुन०७४/ विदेशी कलाकारलाई पुनः नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव’को अयोजना गर्ने भएको छ । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोटस्थित नारायणी नदी किनारमा फागुन २१...

अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ

इनरुवा, ६ फागुन ०७४/ सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनता बस्तीबाट अमेरिकी पेस्तोलसहित दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी–५ बस्ने २२ वर्षीय यामबहादुर लिम्बू र इटहरी–८ बस्ने २१...

यी निर्णय उल्टाउँदैछन् प्रधानमन्त्री ओली

काठमाडौं ६फागुन०७४/ सरकारले पूर्ववर्ती सरकारले राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको खबर आजको राजधानी दैनिकमा छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल,...

मलेसियामा दुई महिनामा ५४ नेपालीको मृत्यु

क्वालालम्पुर ६ फागुन०७४/ वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा...