आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौँ, ७ फागुन ०७४/ विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा...

प्रम ओलीद्वारा प्रजातन्त्र दिवसको शुभकामना

काठमाडौँ, ७ फागुन ०७४/ प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस, २०७४ का अवसरमा सम्पूर्ण जनसमुदायलाई हार्दिक बधाई...

प्रदेश नं ४ को उपसभामुखमा शर्मा निर्वाचित

पोखरा, ६ फागुन०७४/ प्रदेश नं ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित हुनुभएको छ । पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा भएको आजको बैठकबाट नवनिर्वाचित उपसभामुख सिर्जना...

टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’

काठमाडौँ, ६ फागुन ०७४/ प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा...

एक साताभित्र पार्टी एकीकरणः नेता नेपाल

गौर, रौतहट, ६ फागुन ०७४/ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकीकरण हुने बताउनुभएको छ । रौतहटको गौरमा आज प्रतिनिधिसभा र...

प्रधानमन्त्री ओली र प्रचण्डबीच पार्टी एकता घोषणा गर्ने सहमति

काठमाडौं६फागुन०७४/ नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । आइतवार विहान भक्तपुरमा वी एण्ड सी मेडिकल...

अपरहणमा परेका वडा अध्यक्षको ७ बर्षिया छोरा मृत फेला

कपिलबस्तु ६फागुन०७४/ मायादेवी गाउँपालिका–४, पिपराका ७ बर्षिया छोरा महोम्मद एमान मृत फेला परेका छन् । बालक वडा अध्यक्ष फत्ते मोहम्मदका छोरा हुन् । तीन दिन अघि अपरहणमा परेका भनिएका एमान...

मैले जे देखे त्यही लेखे-डा.सुरेन्द्र सिटाैला

मैले देखे , धेरै देखे थोरै लेखे , मेरो जन्मिदाको इतिहासलाइ , फर्जी आरोपमा हराएको देखे , मेरा छोराछोरीको सपना , मेरै नेताको , भाषणको पसिनाले बगाएको देखे । देशले...

उदयपुर चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ प्याराग्लाइडिङ परिक्षण

गाईघाट, उदयपुर, ६ फागुन ०७४/ उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत...

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज, ६ फागुन ०७४/ ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का...