माउण्टेन एयरको हेलिकप्टर ठुलाे दुर्घटनाबाट जोगियो

सोलुखुम्बु, ५ कात्तिक ०७५/ तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा माउण्टेन एयरको हेलिकप्टरमा क्षति भएको छ । विमानस्थलमा अवतरण गरिएको उक्त हेलिकप्टरको आफ्नै पङ्खाले पुच्छरमा लाग्दा क्षति भएको सोलुखुम्बुका प्रजिअ नरेन्द्रकुमार रानाले...

सिन्धुपाल्चोकमा बस दुर्घटना २२ घाइते

 चौतारा, ५ कात्तिक०७५/ सिन्धुपाल्चोक चौताराबाट सिपापोखरेको ज्यामिरे मानेतर्फ गइरहेको यात्रुबस आज बेलुका दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई...

नेकपा प्रवक्ताबाट नारायणकाजीले दिएको राजिनामा अस्वीकृत

काठमाण्डाै०५कार्तीक०७५/नेकपा केन्द्रीय सचिवालयले प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजिनामा अस्वीकार गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले श्रेष्ठले केही महिना अघि दिएको राजिनामा अस्वीकार गर्ने निर्णय गरेको हो। चिकित्सा...

कपिलवस्तुमा अनिश्चितकालीन निषेधाज्ञा

कपिलवस्तु, ५ कात्तिक ०७५/ जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । गए राति...

जनकपुरकाे ढल्केवमा दुर्घटना एकको मृत्यु

जनकपुरधाम, ५ कात्तिक ०७५/ जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा आज बिहान एक ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट...

भिरमौरीको मह झिक्न जाँदा लडेर मुत्यु

गोरखा, ५ कात्तिक ०७५/ भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर  एक व्यक्तिको मुत्यु भएको छ ।जिल्लाको बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन...

मदिराकाे झाेकमा श्रीमतीको हत्या गर्ने पक्राउ

भद्रपुर, ५ कात्तिक ०७५/ विजया दशमीको भोलिपल्ट शनिबार घरमै श्रीमतीको हत्या गरी फरार रहेका कनकाई नगरपालिका–८ का आइतराज परियार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...

कृष्णनगरमा कफ्र्यु हटाइयो, जनजीवन सामान्य

कपिलवस्तु, ५ कात्तिक०७५/ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले लगाएको कफ्र्यु बिहानदेखि आज दिनको १२ बजेसम्मका लागि हटाएको छ । कफ्र्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य...

नवलपरासीमा एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

नवलपरासी, ५ कात्तिक०७५/ एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको...

कृष्णनगरमा कफ्र्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

कपिलवस्तु, ५ कात्तिक०७५/ दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबारदेखि कफ्र्यु लगाएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य...