काँग्रेसद्वारा संविधान संशोधनका पक्षमा मतदान गर्न निर्देशन
काठमाडौँ, १८ जेठ०७७/प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपालको संविधानको अनुसूची—३ मा संशोधन गर्न संघीय संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावका पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ...