इन्धनको मूल्यवृद्धि

काठमाडौँ, १९ माघ / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ ।आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि...

बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी

बाजुरा, १९ माघ / बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले...

चिनियाँ व्यापारीले मूल्य घटाएपछि अर्बौको यार्सा अलपत्र

बझाङ १९माघ/ चिनियाँ कम्पनीले किलोको पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन । बझाङमा संकलन भएको यार्सा किनेर उनीहरु काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्छन् । बझाङमा प्रतिकिलो...

सप्तकोसीमा जल यातायात, यात्र क्षमता नै एक सय जना

काठमाडौं, माघ १९ । गत २० मंसिरमा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु...

राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ- डा गोविन्द केसी

काठमाडौँ, १८ माघ / चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार...

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि घर फिर्ता

काठमाडौँ, १८ माघ/ पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्कनुभएको छ ।हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना हुनुभएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल...

पाल्पाको तानसेनमा गाडीको ठक्करबाट एकको मृत्यु

बेझाड, १८ माघ / गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ ।बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नं को बसले आज बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर...

निगमका सबै चिनियाँ विमान ग्राउन्डेड

काठमाडौँ१८माघ / नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६०...

चकलेट उद्योगमा आगलागी हुँदा रु ७० लाखको क्षति

काठमाडौंँ, १७ माघ /काठमाडौँको एक चकलेट उद्योगमा आज आगलागी हुँदा रु ७० लाखको क्षति भएको छ ।काठमाडौँ महानगरपालिका–१५ स्थित चागलमा रमेश अग्रवालले सञ्चालन गरेको लखन फुट चकलेट उद्योगमा आगलागी हुँदा...

‘किसान कल सेन्टरमा २५३ फोन’

ललितपुर, १७ माघ/ नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ । किसानलाई विभिन्न सेवा तथा सुविधा पु¥याउने उद्देश्यका...