0 COMMENTS

lokmanकाठमाडौं२४,मंङ्सीर / अख्तियार दुरुपयोग अनुसन्धानग आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले भ्रष्टाचार जस्तो रोगको अन्त्यको लागि प्रत्येक जिम्मेवार संस्था र व्यक्तिको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताएका छन् ।

कर्णालीमा कर्णाली अञ्चल लगायतका दुरदराजका विपन्न मानिसले दुई छाक टार्न समेत नसकि रित्तो पेट लिएर बाँच्नुपर्ने अवस्था आज पनि विद्यमान छ । कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्–‘भ्रष्टाचार भनेको केवल आर्थिक वा मौद्रिक अपचलन मात्र होईन, यसले त जवाफदेहितामा हुने शुन्यता वा लापरबाहीलाई समेत जनाउँदछ ।

भ्रष्टचार विरुद्धको अन्र्तराष्ट्रिय दिवसमा कार्कीले देशमा भ्रष्टाचार दिनहुँ मौलाउँदै गएको र अन्य प्रकारका भ्रष्टाचारबाट भन्दा पनि नितिगत भ्रष्टाचारबाट आर्थिक सामाजिक बिकासमा अत्यन्तै प्रभावित पारेको बताउँदै एकैपटक भ्रष्टाचारको समुल अन्त्य गर्न संभव नभएको बताएका छन् ।

“यदि मेरा लागि म आफैँले बोलिन भने कसले मेरा लागि बोलिदेला ? यदि मैले नै गलतलाई गलत र सहिलाई सहि भन्न सकिन भने कसबाट यो अपेक्षा गर्न सकिएला ?” हामि सबैले एक पटक यो यथार्थलाई मनन् गर्नैपर्छ । उनले भनेका छन्–‘संगठित भ्रष्टहरुको विरुद्द आज म एक्लै ठिङ्ग उभिएको छु किनभने मलाई थाहा छ कतिपय संघर्षहरु जतिसुकै कठोर, चुनौतिपूर्ण र पिडादायक किन नहुन् ति संघर्ष र संग्राम लड्न योग्य हुन्छन् ।’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस – २०७३
————————————————–
भ्रष्टाचार सदियौंदेखि एउटा अकाट्य विश्वव्यापी सत्यको रुपमा रहेको छ । यसले कुनैपनि राष्ट्र र समाजको विकासमा प्रत्यक्ष नकारात्मक प्रभाव मात्र पारेको हुंदैन, यसबाट समाजमा अनेकौं अदृष्य प्रतिकुल प्रभावहरु समेत पुगेको हुन्छ । भ्रष्टाचारबाट हरेक समाजमा असहाय र विपन्न समुदाय अकल्पनीय भेदभाव, शोषण र अन्यायको शिकार बनेका हुन्छन् । हाम्रो देशलाई समेत भ्रष्टाचारले आक्रान्त बनाएको छ र यसबाट आम मानिस बर्षौंदेखि प्रताडित भएका छन् ।

गरिबीको दुश्चक्रबाट बाहिर आउन नसक्ने हजारौं सेवाग्राहीहरुले समेत आफुलाई कानुनत: प्राप्त हुनुपर्ने आधारभुत सेवा प्राप्तिको लागि घुस खुवाउनुपर्ने बाध्यताको अन्त्य अझैपनि हुन सकेको छैन र यो एउटा विडम्बना हो । यद्दपि भ्रष्टाचार भनेको केवल आर्थिक वा मौद्रिक अपचलन मात्र होईन, यसले त जवाफदेहितामा हुने शुन्यता वा लापरबाहीलाई समेत जनाउँदछ । कर्णाली अञ्चल लगायतका दुरदराजका विपन्न मानिसले दुई छाक टार्न समेत नसकि रित्तो पेट लिएर बाँच्नुपर्ने अवस्था आज पनि विद्‍यमान छ । यसबाट समग्र राज्य सञ्चालन र सम्बन्धित निकायको जिम्मेवारी बहनमा गम्भिर समस्या र त्रुटी भएको स्पष्ट हुन्छ । हाम्रा सन्दर्भमा नितिगत भ्रष्टाचार दिनहुँ मौलाउँदै गएको छ र अन्य प्रकारका भ्रष्टाचारबाट भन्दा पनि नितिगत भ्रष्टाचारबाट हाम्रो आर्थिक सामाजिक बिकास अत्यन्तै प्रभावित भएको छ । एकैपटक भ्रष्टाचारको समुल अन्त्य गर्न संभव हुँदैन । यद्दपि भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायहरुबाट गम्भिर ईमान्दार प्रयत्न भएमा यसलाई प्रभावकारी रुपले नियन्त्रण गर्न भने सकिन्छ । आज हामीले मनन गर्नैपर्छ कि भ्रष्टाचार जस्तो रोगको अन्त्यको लागि प्रत्येक जिम्मेवार संस्था र व्यक्तिको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । हरेक दुष्‍ट शक्ति विरुद्ध आवाज उठाउन र संघर्ष गर्न हामी जन्मेका हौं र दुष्‍टहरुको षड्यन्त्रमा भन्दा असल मानिसको आवाजमा बडि शक्ति हुन्छ भन्ने यथार्थ हामीले भुल्नु हुँदैन । “यदि मेरा लागि म आफैँले बोलिन भने कसले मेरा लागि बोलिदेला ? यदि मैले नै गलतलाई गलत र सहिलाई सहि भन्न सकिन भने कसबाट यो अपेक्षा गर्न सकिएला ? हामि सबैले एक पटक यो यथार्थलाई मनन् गर्नैपर्छ ।

आजको अन्तराष्ट्रिय भ्रष्टाचार बिरुद्धको यस बिशिष्ट दिनमा भ्रष्टहरुका हरेक भ्रष्ट कार्यको भण्डाफोर गर्दै प्रतिरोध गर्न हामी सबैले साहास जुटाऔं भनी सम्पूर्ण नेपालीजनमा आव्हान गर्दछु । संगठित भ्रष्टहरुको प्रतिवादरहित भ्रष्ट महत्वाकांक्षा विरुद्द आज म एक्लै ठिङ्ग उभिएको छु किनभने मलाई थाहा छ कतिपय संघर्षहरु जतिसुकै कठोर, चुनौतिपूर्ण र पिडादायक किन नहुन् ति संघर्ष र संग्राम लड्न योग्य हुन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।