0 COMMENTS

anapurnaकाठमाडौं२४, मंसिर / भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
संयुक्त राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको हो । दिवसका अवसरमा सन्देश दिँदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले भ्रष्टाचार सबै देशलाई असर गर्ने जटिल सामाजिक, राजनीतिक र आर्थिक रोग भएकाले यसविरुद्ध सामुहिक अडान लिन सबै सरकार, नीजि क्षेत्र, नागरिक समाजलाई आग्रह गरेका छन् ।
उनले न्यायसंगत, समावेशी र थप समृद्ध भविष्य निर्माणका लागि इमानदारिता, पारदर्शिता, जवाफदेहिता र असल शासनको संस्कृतिलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।