0 COMMENTS

१४ भदौं, काठमाडौं ।प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत पक्षलाई वार्तामा बस्न पुन आग्रह गरेका छन् । कोइरालाले आन्दोलनरत संघीय समाजवादी फोरम,तराई–मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी र तराई– मधेश सद्भावना पार्टी नेपालका साथै थारु कल्याणकारीसभा तथा थारुहट-थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट स–सर्त पठाइएको पत्रको जवाफमा आइतबार पत्र मार्फत पुन वार्तामा बस्न आग्रह गरेका हुन् । सीमांकन र संघियताको विरोधमा तराई लगायत देशको विभिन्न ठाँउमा लामो समयदेखि आन्दोलन भैरहेको छ ।

प्रधानमन्त्रीले समेट्नु पर्ने विषयमा सहमति गरी संविधानको विधेयकमा संशोधन प्रक्रियामा जाँदा अझै पनि समावेश गर्ने प्रयत्न गर्न सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै आपसी सहमतिलाई तत्काल संविधानको विधेयकमा नै समावेश गरेर संविधान निर्माणको चालु प्रक्रियालाई परिणाममुखी बनाउन सकिने पत्रमा उल्लेख गरेका छन् । संविधान सभाको प्रक्रियालाई स्थगित गर्दा अनिश्चिय उत्पन्न हुने उल्लेख गर्दै संविधान निर्माणको जारी प्रक्रिया नरोकिने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।