0 COMMENTS

resize_image (1)काठमाडौं १२ भदौ नेपाली कांग्रेसले पार्टीको महाधिवेसन फेरि पछि सार्ने भएको संविधान निर्माण प्रक्रिया महाधिवेसनसँगै पर्ने भएकाले महाधिवेशन सार्ने विषयमा नेताहरुबीच छलफल सुरू भएको पार्टीको महाधिवेशन कति पछि सार्ने भन्ने विषयमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ

केन्द्रीय समितिको बैठकबाट विशेष निर्णय गरेर चार महिना पर सार्ने विषयमा छलफल सुरु भएको एक नेताले जानकारी दिए ती नेताका अनुसार भदौमा हुने गाउँ अधिवेशन, संविधान निर्माणका कारण सम्भव नदेखिएकाले महाधिवेशनको मिति मंसिरमा सारेर सबै प्रक्रिया पछि धकेल्ने विषयमा छलफल भइरहेको

 

भदौ १७ गते गाउँ अधिवेशन तोकिएको , त्यही बेला संविधान जारी हुने देखिदैछ’ ती नेताले भने, ‘पार्टीका सभासद नेता जिल्ला जाने की काठमाडौं बस्ने समस्या हुन्छ त्यसकारण महाधिवेशन सर्ने लगभग निश्चित देखिन्छ ।’

 

महाधिवेशनका लागि तोकिएको मिति आउन केही दिन मात्र बाँकी रहँदा कांग्रेसले त्यसको कुनै तयारी भने थालेको छैन सदस्यता छानबिन टुंगो लाग्न नसक्दा गाउँ अधिवेशनसमेत प्रभावित हुने भएको भदौ १७ गते गाउँ अधिवेशन तोकिएको , त्यसका लागि सदस्यता सूची समेत तयार भएको छैन

 

साउनको एक दुई गते नै सूची गाउँसम्म पुर्‍याउने यसअघिको कार्यतालिका थियो यसअघिका महाधिवेसनमा तीन महिना अघि नै हुनपर्ने तयारी डेढ महिना पनि बाँकी नरहेको अवस्थामा समेत हुन नसकेको बताए

 

कांग्रेसले महाधिवेशन मूल तयारी, विधान संशोधन, राजनीतिक, सांगठनिक दस्तावेज लेखन, आवास, खाद्य, आर्थिकसहितको समिति अहिलेसम्म गठन गरेको छैन

 

स्रोतका अनुसार भदौको अन्तिमसम्म संविधान निर्माणकै वरीपरी समय जाने, त्यसपछि दशै तिहारको नजिक पर्ने भएकाले पुस वा माघ मध्यसम्ममा महाधिवेसन गर्नेगरी नेतृत्वले तयारी गरेको

 

पार्टीको नेतृत्व लिनसमेत तयारी गर्नुपर्ने शीर्ष तहका नेताहरुको निस्कर्ष प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा उपसभापति रामचन्द्र पौडेलले १३ औं महाधिवेशनबाट पार्टी नेतृत्व हत्याउन कसरतमा जुटेका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।