0 COMMENTS

काठमाडौं-८ साउन, कैलाली घटना निन्दनीय र असामान्यः प्रधानमन्त्री   प्रधानमन्त्री सुशील कोइरालाले कैलालीलगायतका जिल्लामा सोमबार भएका घटना संविधान, लोकतन्त्र र विकासको बाधक रहेको बताएका छन्।   उनले संसद्मा भने, ‘आज कैलालीलगायतका ठाउँमा भएका घटनाले आमनेपालीलाई चिन्तित र संवेदनशील बनाएको छ। संविधानमा सबैको भावना समेटिएको छ र अझै पनि यो कार्य जारी छ।’   आफूले राष्ट्रका नाममा सन्देश दिएको भोलिपल्टै यस्तो निन्दनीय घटना हुनुलाई सामान्य रूपमा लिन नसक्ने उनले बताए।

गृहमन्त्रीले घटनाबारे आवश्यक जानकारी दिइसकेको हुँदा सामाजिक सद्भाव खल्बलिने कार्य सबै क्षेत्रबाट रोक्न प्रधानमन्त्रीले अपिल गरे।   ‘म विनम्रताका साथ अनुरोध गर्छु, कैलालीको टीकापुरमा जस्तो घटना रोकौं, यसका लागि हरप्रयास गरौं, उनले भने । संविधान नआओस् भन्दै बिथोल्ने कार्य ठिक भएन भन्दै उनले थपे, ‘७० वर्षदेखि जनताले चाहेअनुसार संविधान निर्माण कार्य अहिले अन्तिम अवस्थामा पुगेको छ।   उत्तेजना होइन, सामाजिक सद्भाव र धार्मिक सद्भावले नै संविधान निर्माण पूरा हुन्छ ।’ उनले संविधान पत्थरको लकिर नभएको उल्लेख गर्दै आवश्यकताअनुसार संशोधन हुनसक्ने बताए। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।