0 COMMENTS

धनगढी, ८ भदौ कैलालीको टीकापुर नगर क्षेत्रमा हिजाे अपराह्न थरुहटका प्रदर्शनकारीले गरेको आक्रमणबाट वरिष्ठ प्रहरी उपरीक्षकसहित सात प्रहरी दुईवर्षीय एक बालकको मृत्यु भएको

कैलालीको टिकापुर,रौतहटको गौर र सर्लाहीको मलंगवामा सरकारले सेना परिचालन गर्ने निर्णय गरेको छ । 
टिकापुर नजिकैको मुनुवा गाविस-६ सिलम चौराहमा हजारबढीको संख्याका थरुहट र मधेसी दलका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका थिए । प्रदर्शनकारीले छुरा, भाला र बन्चरोले प्रहरीमाथि आक्रमण गरेका थिए ।
कैलालीका प्रजिअ राजकुमार श्रेष्ठले प्रदर्शनकारीले टीकापुरमा लगाइएको निषेधाज्ञा तोड्दै सुरु गरेको आक्रमणबाट सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको मृत्यु भएको जानकारी दिनुभयो ।यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम विष्ट, प्रहरी गुल्म धनगढीका प्रहरी निरीक्षक केशव बोहरा, प्रहरी हबल्दार लक्ष्मण खड्का र प्रहरी जवान लोकेन्द्र चन्दको पनि मृत्यु भएको छ । सशस्त्र प्रहरीतर्फ उग्रतारा गण टीकापुरका प्रहरी हबल्दार ललित साउद र प्रहरी जवान रामबिहारी थारुको मृत्यु भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । हबल्दार थारुको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले थप एक शव घटनास्थल नजिकको खेतमा फेला परेको भए पनि शवको सानाखत हुन नसकेको बताउनुभयो । आक्रमणमा परी टीकापुर नजिकको मुनुवा गविस–६का दुई वर्षीय बालक टेकबहादुर साउदको पनि मृत्यु भएको छ ।

स्थानीय प्रशासनले चार दिनदेखि लगाउँदै आएको निषेधाज्ञा तोड्दै थरुहट र मधेसी दलका कार्यकर्ताले टिकापुरका सरकारी कार्यालय कब्जा गर्न खोजेका थिए ।सरकारी कार्यालय कब्जा गर्न आएका उनीहरुलार्इ रोक्न खोज्ने प्रहरीले ज्यान गुमाएका हुन् । स्थानीय प्रशासनले बुधबार पनि बिहान ११ देखि साँज ५ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।