काठमाडौँ जिल्लाको दक्षिण पश्चिमी भेग कीर्तिपुर नगरपालिका वडा नम्बर ६ मा पर्ने एउटा यस्तो मन्दिरको जुन मन्दिरको साज सज्जा काठमाडौँका अन्य क्षेत्रमा भएका मन्दिरहरूभन्दा भिन्न छ। पहिलोपटक यस मन्दिरमा पुग्ने जो कोही पनि यहाँको सजावट देखेर छक्क पर्ने गर्दछन्।
हो चोभार स्थित आनन्दादि लोकेश्वर जसलाई करुणामयको नामले पनि चिनिन्छ।
हरियाली हेर्दै थोरै सिँढी हरू उक्लिए पछि पुग्न सकिन्छ यो मन्दिरको प्रवेशद्वार। उकालो सकिएपछि समथरमा अवस्थित छ- आदिनाथ लोकेश्वरको मन्दिर। हरेक बिहान धार्मिक आस्थासँगै स्वास्थ्य लाभका हिसाबले चोभार गेटबाट बाट १० मिनेट खुड्किलो चढेर यो मन्दिरमा पुग्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। मेला अवधिभर बिहान ३ बजेदेखि नै भक्तजनहरूको आवतजावत हुने यो क्षेत्र अति नै आनन्दित छ।
यो मन्दिर लिच्छवीकालमै बनेको मानिन्छ। हिन्दू र बौद्ध दुबै धर्मावलम्बीले यहाँका देवता पुज्ने गर्दछन्तर मन्दिरमा भएका तोरणहरूको आधारमा , ११ रौं र १२औं शताब्दीतिर यो क्षेत्र बौद्ध तपस्वीहरूको केन्द्र भएको आधारमा र यो मन्दिर आदिनाथ लोकेश्वरको नामले परिचित भएको आधारमा यी बौद्धहरूका देवता मानिन्छन्। यस् क्षेत्रमा हिन्दूहरूको प्रभाव निकै पछि मात्र परेको देखिन्छ। आदिकालदेखि नै अस्तित्व रहेका कारण आदिनाथको नामले पुजी एका यी भगवानलाई हिन्दू धर्मावलम्बीहरूले शिवशक्तिको रुपमा पनि पुझ्दछन्।
मन्दिर परिसरका भित्ताभरि तामा र पित्तलका थरिथरिका भाँडाकुँडा देखिन्छन्। यि भाँडा कुडा हरू आफ्ना दिवंगत आत्माको स्मरणमा मानिसहरुले चढाउने र भित्तामा ठोक्ने गरेका छन्। आजभोलि आफ्नो मनोकामना पूरा गर्नको लागि पनि यहाँ भाँडाकुडा हरू चढाउने र ठोक्ने गरिन्छ भने अरुले ठोकेको देखेर ठोक्न रहर गर्नेहरूको संख्या मा पनि वृद्धि हुँदै गइरहेको छ। जुन अहिले आएर मन्दिरको मौलिक परिचय जस्तै बनिसकेको छ। यसैका कारण उपत्यकाका सबै मन्दिरहरूमध्ये यो मन्दिर अनौठो मन्दिर बनेको छ।
उपत्यकाका चार लोकेश्वरहरू मध्ये चोभारको आनन्दादी लोकेश्वर पनि एक हुन् ।अन्य लोकेश्वरहरु मा आर्यावर्त लोकेश्वर जनबहाल, पद्मपाणी लोकेश्वर पाटन र सृष्टिकान्ता लोकेश्वर काभ्रेको नालामा रहेका छन् ।
जात्रा पर्व मनाउने क्रममा यो चोभारका आनन्दादी लोकेश्वर र नालाको सृष्टिकान्ता लोकेश्वरको खटयात्रा गराइन्छ भने काठमाडौंको आर्यावर्त लोकेश्वर (सेतो मच्छिन्द्रनाथ) र पाटनको पद्मपाणी लोकेश्वर (रातो मच्छिन्द्रनाथ) को भने रथयात्रा गराइन्छ।त्यस्तै पाटनका पद्मपाणी लोकेश्वर र चोभारको आदिनाथ रातो मुहार भएका मछिन्द्रनाथ हुन् भने काठमाडौँ जनबाहालका आर्य बर्त लोकेश्वर र बनेपाको सृष्टिकान्त लोकेश्वर सेतो मुहार भएका मछिन्द्रनाथ हुन् । त्यसैले यी मछिन्द्रनाथहरूलाई रातो मछिन्द्रनाथ र सेतो मछिन्द्रनाथको नामले पनि चिनिन्छ।नेपाल र नेपालीका लागि वर्षा र सहकालका देव मानिने मछिन्द्रनाथ नाथ सम्प्रदायका योगी हुन् जसले गुरु गोरखनाथलाई चार वेद ६ शास्त्र र १८ पुराण लगायतका सम्पूर्ण ज्ञान प्रदान गरेका थिए।
यि चार लोकेश्वर वा मचिन्द्रनाथ हरूले काठमाण्डौ लाई बेला बेलामा आउनसक्ने सबै प्रकारको आपत बिपतमा रक्षा गर्ने धार्मिक विश्वास रहेको छ ।यस मन्दिरको उत्तरतिर विष्णुदेवी र जालपा देवीको मन्दिर छ भने छुट्टीका दिनहरूमा वनभोजमा रमाउनेहरूको भिडभाड देखिने मञ्जुश्री पार्क र टौदह पनि नजिकै पर्दछन्।कोजाग्रत पूर्णिमासँगै हिन्दुहरूको महान चाड बडा दशैंको औपचारिक समापन पछि यो मन्दिरमा एक महिना मेला लाग्ने गर्दछ। जसलाई चोभार मेला भन्ने गरिन्छ ।
मेलाको अन्तिम पाँच दिन (एकादशीदेखि पूर्णिमासम्म) यस् मन्दीरमा निर्जला व्रत बस्ने प्रचलन छ, यो निकै कठीन ब्रत पनि हो जुन मेलाको प्रमुख आकर्षण हो। यो अवधिमा मन्दिरमा अन्य दिनको भन्दा भक्तजनहरु धेरै आउने बताइन्छ।व्रत बस्नेहरु अधिकांश विवाहित महिला हुने भए पनि विवाहित/अविवाहित, महिला/पुरुष जसले पनि व्रत लिन मिलछ ।आन्नदादी लोकेश्वरलाई सुख, शान्ति, समृद्धि तथा आन्नन्द दायी जीवनका लागि पुज्ने गरिन्छ। यो ब्रत पनि यसैका लागि हो ।आदिनाथको पूजाआराधनाले छालासम्बन्धी रोग निको हुने विश्वास पनि गरिन्छ।
आदिनाथ काे मुर्ति स्थापना सम्बन्धी किम्बदन्ती अनुसार अहिले आदिनाथको मूर्ति रहेको मन्दिरमा कुनैसमय बसुन्धरादेवीको मूर्ति थियो। चोभारबाट बसुन्धरादेवीको रथ तानेर काठमाडौँ पुर्याइन्थ्यो। काठमाडौँको लगनमा बसन्धरादेवीको रथ र सेतो मच्छिन्द्रनाथको रथ जुधाएपछि जात्रा सुरु हुन्थ्यो। त्यसपछि जात्रा गर्दै रथ फेरि चोभार फर्काउने चलन थियो।
एक पटक रथ फर्काउने क्रममा बल्खु पुगेपछि ठूलो पानी पर्यो। आँधिबेहरी चल्यो। बाटो हिलाम्य भयो। रथका पांग्रा गाडिए। रथ तानेर चोभार लैजान नसकिने भयो।मूर्तिसहितको रथ अलपत्र छाड्ने कुरा पनि भएन। अब के गर्ने त?बसुन्धरादेवीको सुरक्षाका लागि राति पुजारी रथ कुरेर बस्ने र भोलिपल्ट पुनः रथयात्रालाई निरन्तरता दिने सल्लाह भयो।
तर त्यही रात तिब्बतीहरुको एक समूहले रथमाथि आक्रमण गर्यो।। बसुन्धरादेवी अपहरणमा परिन्।मूर्ति लुटिएपछि चोभारको मन्दिर मात्रै खाली भएन। वर्षौँदेखि चलिआएको रथयात्राको परम्परा बिथोलियो। स्थानीय दुःखी भए।उता तिब्बतमा बसुन्धरादेवीलाई कडा पहराका साथ कैदी बनाइएको थियो। उनी चोभार फर्किन चाहन्थिन्। तर फर्किने कुनै उपाय थिएन।
यस्तैमा एकदिन उनको आत्मा युवतीको धारण गरेर काठमाडौँ फर्कियो। तिब्बतदेखिको लामो यात्रा तय गरेर बल्खुसम्म पुगेकी उनले चोभार जाने बाटो पहिल्याउन सकिनन्। बाटो नपाएर भौतारिन थालिन्।उनलाई व्याकुल अवस्थामा एकजना तान्त्रिकले फेला पारेर ललितपुरको थसी लगेर गए। नयाँ देवता भेटिएको खुसीयालीमा धुमधामसाथ मन्दिर स्थापना गरेर स्थानीयले उनलाई मन्दिरमा विराजमान गराए। उनी चोभारकी बसुन्धरादेवी हुन् भन्ने न त तान्त्रिकलाई थाहा थियो, न त स्थानीयलाई। अनि उनको नयाँ नामाकरण भयो– आनन्दादी लोकेश्वर।
स्थानीयको खुसी लामो समयसम्म टिकेन। आफ्नै ठाउँ (चोभार)मा फर्किन नपाएपछि आनन्दादी लोकेश्वर असन्तुष्ट थिए। त्यही करण उनले थसीमा महामारी फैलाइदिए। बालीनाली असिना पानीले नष्ट हुन थाल्यो। थसीमा अनिकाल पर्यो।महामारी फैलाएको भन्दै थसीबासी आन्नदादी लोकेश्वरसँग रिसाए। अन्ततः अलच्छिन देवता भन्दै थसीका बासिन्दाले एकदिन नख्खु खोलामा बगाइदिए।
बग्दै–बग्दै बागमती र नख्खुको दोभानमा अड्किएको अवस्थामा ग्वालाले उनलाई फेला पारेपछि त्यही खाली मन्दिरमा लगेर राखियो, जहाँ पहिले बसन्धरादेवीको मूर्ति थियो।यसैकाे संझनामा अहिले पनि हरेक वर्ष चैत्र अष्टमीको दिन नख्खु दोभानमा ‘देउता छोप्ने जात्रा’ लाग्ने गर्दछ।आदिनाथ मन्दिरबाट कलश मन्तरेर बाजागाजासहित लगिन्छ।नख्खु दोभानमा एक जना ग्वालाले बासको लामो लठ्ठीले देखाउँछन्, देवता यहीँनिर थियो भनेर। माथिबाट एउटा फूल बगाइन्छ। गोठालाले देखाएको ठाउँनिर पुगेपछि त्यो फूल माथिबाट लगिएको कलशमा राखिन्छ।
त्यसपछि धुमधामका बाजागाजासहित त्यो फूल मन्दिरसम्म लगिन्छ। यस जात्रालाई देउता छोप्ने जात्रा भनिन्छ।शाक्य थरका पुजारी रहने यो मन्दिरमा सात्विक पूजाआजा मात्र चल्दछ भने पूजारी बसुन्जेलको अवधिभर पुजारीले पनि कडा नियम पालनाका साथ सात्विक भोजन मात्रै गर्नुपर्दछ।इतिहासका अनुसार १५औं शताब्दीतिर प्यागोडा शैलीमा निर्माण भएको मानिने यो मन्दिर २०७२ सालको महाभूकम्पमा क्षतिग्रस्त भएपछि पुनर्निर्माण पश्चात निकै आकर्षक बनेको छ।
फर्किन नपाएपछि आनन्दादी लोकेश्वर असन्तुष्ट थिए। त्यही करण उ। आफ्नैनले थसीमा महामारी फैलाइदिए। बालीनाली असिना पानीले नष्ट हुन थाल्यो। थसीमा अनिकाल पर्यो।
महामारी फैलाएको भन्दै थसीबासी आन्नदादी लोकेश्वरसँग रिसाए। अन्ततः अलच्छिन देवता भन्दै थसीका बासिन्दाले एकदिन नख्खु खोलामा बगाइदिए।
बग्दै–बग्दै बागमती र नख्खुको दोभानमा अड्किएको अवस्थामा ग्वालाले उनलाई फेला पारेपछि त्यही खाली मन्दिरमा लगेर राखियो, जहाँ पहिले बसन्धरादेवीको मूर्ति थियो।यसैकाे संझनामा अहिले पनि हरेक वर्ष चैत्र अष्टमीको दिन नख्खु दोभानमा ‘देउता छोप्ने जात्रा’ लाग्ने गर्दछ।आदिनाथ मन्दिरबाट कलश मन्तरेर बाजागाजासहित लगिन्छ।नख्खु दोभानमा एक जना ग्वालाले बासको लामो लठ्ठीले देखाउँछन्, देवता यहीँनिर थियो भनेर। माथिबाट एउटा फूल बगाइन्छ। गोठालाले देखाएको ठाउँनिर पुगेपछि त्यो फूल माथिबाट लगिएको कलशमा राखिन्छ।
त्यसपछि धुमधामका बाजागाजासहित त्यो फूल मन्दिरसम्म लगिन्छ। यस जात्रालाई देउता छोप्ने जात्रा भनिन्छ।शाक्य थरका पुजारी रहने यो मन्दिरमा सात्विक पूजाआजा मात्र चल्दछ भने पूजारी बसुन्जेलको अवधिभर पुजारीले पनि कडा नियम पालनाका साथ सात्विक भोजन मात्रै गर्नुपर्दछ।
इतिहासका अनुसार १५औं शताब्दीतिर प्यागोडा शैलीमा निर्माण भएको मानिने यो मन्दिर २०७२ सालको माहाभूकम्पमा क्षतिग्रस्त भएपछि पुनर्निर्माण पश्चात निकै आकर्षक बनेको छ।