0 COMMENTS

प्रतिभा भट्टराई/म बसन्तले सिँगारेको मनमोहक प्रकृति नियाल्दै थिएँ। तिमीले विना अनुमती मेरो कपालमा लालीगुराँसको फुलटप्प टिपेर सिउरी दिँदा म झसङ्ग भएकी थिएँ । नजिकै बगेको खोलाकाे कलकल र झरेको झरनाको झरझरको संगीतमा कोहिलीले कुहु कुहु र काफल पाक्यो भन्ने गीत गाइरहेकी थिइ।
तिमीले लगाइदिएको गुराँसको साथमा आफै झरेर अडिएका पलाँस र सिरिसका फूलहरुले मलाई दुलहि सरी सजाएका बेला धर्ती पनि सुन्दर कार्पेट झै देखिएको थियो । तिमी आफ्नै जन्मथलो का सुन्दर दृष्य र मेरो थरिथरिका तस्बिर याद आउँदा र समय हुँदा हेर्ने बाचा सहित क्यामरामा कैद गर्दै थियौ ।
म भने तिमीसँग बिछोडिने दिन नजिकिदै गर्दा भित्रभित्रै तड्पिएर तिम्रा शब्द र मुहारलाई आफ्नै नयनका क्यामेराले खिचेर मनमा रेकर्ड गर्दै थिएँ। म कल्पनामा डुबेकी थिएँ। आजसम्म यी हरिया पहाड र फाँट ,सेता बादल अनी पुराना टायल लगाएका घरको साथ देखिने तिम्रा फोटाहरु अब सपनाको संसार मानिने बिदेशी भूमिका अग्लाअग्ला भवन र समुन्द्रका किनारहरुमा देखिन्छन् होला ।
तिमी पसिनाको गन्ध सँगै आउने अर्थको महकमा रमाइरहेका बेला म भने नजिकैको बारीको डिलबाट हावाले सरर उडाएर ल्याउने भोगटेको बासनामै चित्त बुझाएर तिमी आउने प्रतिक्षामा तिमी परदेशी बनेर गाउँ फर्कँदै गरेको स्केच कोरिरहेकी हुन्छु होला।
तिमीले नौला साथीहरूको साथ नचाखेका परिकारहरूको वर्णन सुनाइरहँदा मैले भने मेलामा थकाली भाउजुले बनाएको झर्र काँडा उम्रेका हेर्दै खाउँ खाउँ लाग्ने अनि तिमीलाई मनपर्ने सेल आफूलाई पनि मिठो लाग्ने भएपनि तिम्रो अनुपस्थितिमा खानै नसकेर हेरिरहनु पर्ने होला ।

अब त मैले तिमी टाढिएको पल गन्नुभन्दा तिम्रै जन्मदिन र आफ्नै सफलताको दिन पारेर रोपिएको रुद्राक्षको बोट हेरेरै बस्नुपर्ने पो हो कि आफ्नै अगाडि रहने अनि हर दिन भेटिने र आफूलाई अप्ठ्यारोमा सघाउने प्रति लगाव हुने मानवीय मन तिम्रो पनि त छँदैछ अब त मलाई आउने कल र टेक्स्ट हरु अरू नै कसैलाई जाने पो हो कि ? अनी म चाँही मेसेजका रिप्लाईहरू नपाएर छटपटिनु पो पर्ने हो कि ?
त्यतिबेला यी र यस्तै कल्पनामा म बहकिरहेकै बेला तिमीले लिएको फोटो हेरेर निकै हाँसो लागेको भएपनि आज ६ महिनासम्म पनि तिम्रो कुनै खबर नपाउँदा कतै यी कल्पनाहरु सच भएका पो हुन् कि? भन्ने डर सहितको आशंकामा अब त मैले पनि तिमीलाई बिर्सनुपर्छ भन्ने मनस्थिति नबनाएको त कहाँ हो र ?
तर जो मनको महलमा निर्धक्क र ढुक्क भएर बसेको छ, न हटाउन सकिन्छ न हट्छ। बदमास मन् पनि त एउटा को सट्टा अर्को लाइ सम्झिएर चित्त बुझाउन कहाँ सक्दो रहेछ र ?
जसको मन् र आँखामा ,आफैंलाई हेरिरहेको अनुहार सजाएर याद गर्दै आँखा बन्द गरी आँसु बगाउँदा पनि बेग्लै आनन्दको महसुस हुन्छ उसैलाई बिर्सिएर चाहिँ सम्झनु फेरी कस्लाइ ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।