0 COMMENTS

देवी अधिकारी।  तीज विशेषगरी महिलाहरुको पर्व दिदीबहिनीहरु सबैलाई लाग्छ यसमा गर्व | परापुर्वकालदेखि मनाउंदै आएको पर्व हो | हिन्दु महिलाहरुले संस्कृतिको साथै वेदना, ऊत्साहा, धर्मको समिश्रण हो भन्ने मैले मेरो बुझाईमा पर्छ | यसै संधर्वमा मैले मेरी आमालाई प्रश्न गरे|तपाईहरुको समयमा तीजको के महत्व थियो? कसरी मनाउनु हुन्थियो?

आमाले भन्नुभयो | पहिलाको तीजको महत्व भिन्न प्रकारको थियो| मौलिकताले भरपुर रहेको थियो| चेलीबेटी धेरै ऊत्साह र महत्वका साथ जमघट हुन्थे| असार श्रावणमा खेतिकिसानिको कामको चाप सक्कियेपछी माइती गएर दुइचार दिन रमाइलो र आराम हुन्थियो|

सरल र रमणीय वातावारंका साथ तीज मनाइन्थियो, भिन्नै रौनक थियो| खानपान सात्विक हुन्थियो| शान्त रमाइलो वातावारंका साथ आफ्नो वेदना र कथा बेथाका रमाइलो गीतको प्रस्तुति हुन्थियो ।गीतपनि सुन्नलाई आतुरता लाग्ने रोचक हुन्थियो| त्यसैगरी देवीदेवताको गुण र कथालाई गीतमा परिणत हुन्थियो, जसले गर्दा आफ्नो संस्कारको परिचय भरपुर मात्रामा सुन्ने र बुझ्ने अवसर प्राप्त हुन्थियो ।

 महिला दिदीबहिनीहरुको स्वभाभ र संस्कारमा साधापन र खानपान आफ्नै घर गाउमा ऊद्पदन भएको हुन्थियो| एक भिन्न प्रकारको ऊल्लास भरिपूर्ण हुन्थियो| तीजमा खाने दरको नाममा चिनिने परिकारमा माछामासुको प्रयोग हुदैनथियो| जुन वर्त लिनुभन्दा अघिल्लो रातमा खाने परिकारलाई दर भानिन्थियो| तर अहिले दर त धेरै दिन खाने चलन छ, सायद काम व्यस्तताले हो, रमाइलो गर्नलाई पनि हो जस्तो लाग्छ| त्यसैले समय अनुसार तीजमा पनि परिवर्तन आएको छ| खानुपर्छ ठिक छ, लगाउनु पर्छ, मनाउनु पर्छ, त्यो पनि ठिक छ| तर देखासेकी गर्दा गर्दै आफ्नो अस्तित्व नै भुल्ने गरी गर्नु हुँदैन|

आफ्नो धरातल र संस्कारको इज्जत गर्नु पर्छ भन्ने लाग्छ, त्यसका साथै हामीले मनाउने तीज त विशेष गरी महिलाको चाडपर्व त्यसमा धेरै महिलाहरुको संग्लग्नता हुन्छ| सक्नेले गर्ला तर नसक्नेले देखासेखी गर्दा खेरि ऊसलाई पिडा थपिने सम्भावना हुन्छ| हीनताबोध हुन सक्छ| त्यसैले तीज भनेको सांस्कृतिक पर्व हो, यसलाई धन, सम्पदा, बैभवसँग नजोडेर सांस्कृतिक रुपमै सामान्य रुपमा मनाउनु पर्छ| कहिँ कतै दाजुभाईहरु पनि संलग्न हुदा र अनुशाशित भएमा कुनै आपत्ति होइन तर यदि विकृतिको प्रवेस्ता भएमा पछिलो पिडिले संस्कारको सट्टा विकार सिक्छन भन्ने त्रास फैलिएको छ| यसबाट बच्न हामी केहि हदसम्म अनुशासित हुनु पर्छकी जस्तो लाग्छ|।

त्यसका साथै घरपरिवारसँग रमाइलो गर्ने छुटै महत्व छ| तर अब अहिलेको समयमा हामीमा अलि व्यस्तता बढेको छ| हामी धेरैतिरको संसंस्था समुहमा आवध छौ| तीजको कार्यक्रम गर्छौं| यो जरुरि पनि छ, तर त्यहाँ धेरै साथीभाई दिदीबहिनीहरुको संलग्न हुन्छ र बाहिरी दुनियाले पनि ग्रौपको आकर्सन हेर्ने गर्दछ| यस्तो माहोलमा हामीले तीजको महत्वलाई स्पस्टसँग दर्साउन सके यो नै ठुलो बुद्धिमानी र संस्कारको विकास हुन्छ भन्ने लाग्छ| अहिलेको समयमा जति धेरै व्यक्ति त्यति धेरै संचारको विकास र फैलावट भएको छ| तीजको रहर आयो बरिलैको भिडियो र फोटो पोस्ट हुन्छ| त्यसैले विचार पुर्याएर साधारण तरीकाले तीजको महत्व र संस्कारलाई दिदीबहिनीहरुको मर्म, कथाव्यथा, दुखसुखलाई ध्यान दिएर सोहि अनुरुप चल्दा, सबै खुशी होलाकी भन्ने मेरो बुझाई| हाम्रो संस्कारलाई हामीले परिचय दिने हो, त्यसका लागि सजकता अपनाउनु पर्छकि| परिवेश र परिस्थितिलाई मध्यनजर गर्दै सोहि अनुरुप सुहाउँदो गर्दा ऊचित होलाकि| सबैलाई मिल्ने हिसाबले चले तीजको महिमा अझै बढ्छ, अहंकारी र देखावटीले अरुलाई जित्छु भन्दा आफ्नो पतन भएको थाहै हुँदैन| समाज बदल्न तीज मात्र होइन हरेक संस्कार र चाडपर्वको पनि ठुलो भूमिका हुन्छ भन्ने लाग्छ| महिलाहरुको महान पर्व तीजलाई सभ्यताका साथ मनाओं, यो चाडपर्वलाई जोगओं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।